जलजलाकी महिलाको रहस्यमय मृत्यु
    1 year ago     193
जलजलाकी महिलाको रहस्यमय मृत्यु

जवरजस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन विताइरहेका खेमबहादुर दमैकी श्रीमती मिठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका ३ बस्दै आकी दर्जी मृत अवस्थामा भेटिएकी हुन् ।
बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी विहिबार विहान ८ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछाने नेतृत्वको टोलीले मृतक दर्जीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा पठाएको छ ।
मृतक दर्जीका श्रीमान् झारफुक गर्ने बहानामा बालिकामाथि दुव्र्यबहार गरेको आरोपमा गत बैशाख १४ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए । आरोपित दमैले मृतक श्रीमती दर्जीको दाहसंस्कारमा जान पाउँ भन्ने आसयको निवेदन पेश गरेपछि पर्वत जिल्ला कारागारले प्रहरीको रोहबरमा उनलाई त्यहाँ पठाएको जिल्ला काराकारका जेलर प्रकाश पौडेलले जानकारी दिनुभयो ।
घटना के कारणले घटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।