पर्वतकै पुरानो भवानी विद्यापीठ विद्यालयको ६४ औ बार्षिकोत्सव
    1 year ago     150
पर्वतकै पुरानो भवानी विद्यापीठ विद्यालयको ६४ औ बार्षिकोत्सव

पर्वत जिल्लाको सवैभन्दा पुराना विद्यालय भवानी विद्यापीठ उच्च माविको ६४ औ बार्षिकोत्सव समारोह शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै सांसद विकास लम्सालले अबको शिक्षा व्यवाहारिक हुनुपर्ने बताउनुभयो । परिवर्तनशिल समय अनुरुप अवको शिक्षालाई पनि परिवर्तन जरुरी रहेको बताउँदै अवको दिईने शिक्षाले प्रत्यक्ष व्यवहारमा परिवर्तन र उत्पादनमुखि हुनुपर्ने बताउनुभयो । उहाँले उत्पादन र रोजगारमुलक वैज्ञानिक शिक्षाका लागि अब सरकारले जोड दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा फलेवास नगरपरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्नका लागि आफ्नो पाँच वर्षे कार्यकाल लागि पर्ने बताउनुभयो । उहाँले विकासको पहिलो खुड्किलो भनेकै शिक्षा भएको बताउँदै फलेवास नगरपालिका भित्र रहेका सवै शैक्षिक संस्थाहरुमा गुणस्तरिय शिक्षाको विकासका लागि आफुले विशेष पहल गर्ने बताउनुुभयो । उहाँले विकासोन्मुख फलेवासलाई विकास निर्माण र जनताका आधारभूत आवश्यकताले सम्पन्न गराउने दायित्व आफ्नो काँधमा आएको बताउँदै यसका लागि अहोरात्र खटिने पनि बताउनुभयो ।
त्यस्तै उपप्रमुख मञ्जु अधिकारीले फलेवास नगरपालिकाको मुटुमा रहेको भवानी विद्यापीठ मावि सवैको आकर्षणको केन्द्रबिन्दु रहेको बताउँदै सवै शैक्षिक संस्थाहरुको विकास र समृद्धिका लागि आफ्नो निरन्तर प्रयास रहने बताउनुभयो ।
कार्यक्रममा जिल्ल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले विद्यालयको शैक्षिक विकासका लागि शिक्षक, अभिभावक, र विद्यार्थीबीच त्रिकोणात्मक सम्वन्ध आवश्यक रहेको बताउनुभयो । उहाँले समयअनुकुल शिक्षक अपडेट हुनपर्ने जनाउँदै अब डिजिटल प्रविधिबाट शैक्षिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अब स्थानिय तहमै शिक्षा कार्यालय स्थापना हुने भएकाले त्यसवाट भरपुर शिक्षामा सुधार ल्याउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षाविद् हिराबहादुर थापा, राजुप्रसाद खनाल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, व्रम्हाकुमारी जानकी, ध्रुबनमुना माविका प्रअ तुलसीप्रसाद शर्मा, अभिभावक विन्दु अधिकारी, र विद्यार्थी दिपिका पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Source: http://24sanchar.com/2017/06/16/1449/


सम्बन्धित समाचार (फलेवास नगरपालिका )