पर्वतमा १०६ जना परीक्षा दिन आएनन्
    4 months ago     79
पर्वतमा १०६ जना परीक्षा दिन आएनन्


रोशन तिवारी चैत ८ पर्वत । पर्वतमा १०६ जना परीक्षार्थी (एसईई) परीक्षामा अनुपस्थित भएका छन् । पहिलो दिन अङग्रेजी विषयमा नियमित तर्फ २७ जना र एक्जाम्टेड तर्फ २६ जना गरि जम्मा ५३ जना विद्यार्थी अनुपस्थित भएका हुन् । त्यस्तै जिल्ला शिक्षा कार्यालयले अयोग्य ठहराएका ५३ जनाले पनि परिक्षा दिन पाएनन् । ग्रेड बृृृृृृृृृृृृृद्धि परीक्षाका लागि फर्म भरेका अधिकाँश अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । 


७५ प्रतिशत हाजिर नपुगेका, बालबिबाह गरेर पढाई छाडेका र बिभिन्न कारण बिचमै पढाई छाडेका अन्य ५३ जनालाई परीक्षा दिन अयोग्य ठहराईएको थियो । पहिलो दिन बिहिबार परीक्षामा अनुपस्थित भएका ५३ र अयोग्य ठहरिएका ५३ जना सहित कुल १०६ जनाले परीक्षा दिन पाएनन् ।


नियमित तर्फ २ हजार ८ सय ७९ जना विद्यार्थी सहभागी हुनु पर्नेमा २ हजार ८ सय ५२ जना विद्यार्थी र एक्जाम्टेड तर्फ १ सय १५ जना सहभागी हुनु पर्नेमा ८९ जना मात्र गरि २ हजार ९ सय ९० जना विद्यार्थी मात्र सहभागी भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।  पौडेलका अनुसार पहिलो दिनको परीक्ष्ाँ जिल्लाभर नै शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)