Author
ParbatNepal
Bishan Kshetri

Correspondent, ParbatNepal

6 years ago

1519




​गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लको गाडी मुनि प्रेसर कुकर बम
​गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लको गाडी मुनि प्रेसर कुकर बम

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो ।
कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको सोमबार राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजनी भएको छ ।
झण्डै १ करोड मूल्य बराबरको डोजरमा नचिनेको मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफूलाई कसैले पनि घटनाबारे जानकारी नगराएको बताउनुभयो ।
अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।

ujyaaloonline
सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)