क्लिनिक सञ्चालनको लागि सहयोग गर्न रात्रीभोज आयोजना
    3 months ago     113
क्लिनिक सञ्चालनको लागि सहयोग गर्न रात्रीभोज आयोजना

तमुधि ईकाई युकेले क्लिनिक सञ्चालनको लागि सहयोग गर्न रात्रीभोज आयोजना गर्ने भएको छ । पर्वतको चारभञ्ज्याङ्ग गाउँमा रहेको "Telemedicine Clinic " लाई सहयोग गर्न रात्रीभोज आयोजना गरिएको हो । तमुधि ईकाई युकेका अध्यक्ष ज्ञान तमुले मानवीय नाताले क्लिनिकलाई सहयोग गर्न रात्रीभोजको आयोजना गरिएको बताए । रात्रीभोज आगामी २४ फेब्रुअरीमा एम्पाएर बेंकटिङ हल एल्डरसटमा हुनेछ ।

'हार्दिक निमान्त्रणा, सहयोगको लागि हार्दिक अनुरोध’ आदरणिय अध्यक्ष ज्यू लगायत कार्यसमिति सल्लाहकार हरू, जिल्लावासी शुभचिन्तक हरू नमस्कार । चार भन्ज्यांग तमु समाज ‘ईकाई तमुधि युके’ ले आफ्नो वार्षिक रात्रीभोज यहि आउँदो सनिबार 24 February 2018 मा आयोजना गर्न लागेका] जानकारी गराउदछु ।
उक्त रात्रीभोजबाट उठेको रकम ले पर्वत जिल्ला को चारभन्ज्याङ गाऊँमा स्थापित "Telemedicine Clinic " को सहयोगार्थ मानवीय सहयोग पुर्याउने उद्धेश्य रहेको अवगत गराउँदछु । यो मेडिकलले पर्वत बाग्लुङ, स्याङ्जा लगायत छिमेकि जिल्लामा ठुलो सहयोग पु¥याएको छ। हजुरहरुलाई चार भन्ज्यांग समाजको कल्याणकारी रात्रीभोजमा सरिक हुनु भई मानवीय सहयोग अभियानमा साथ र सहयोग गरि दिनु हुन सबैमा हार्दिक अनुरोध एवम सादर निवेदन गर्दछु ।
हजुरहरुको गरिमामय उपस्थितिको आशा गर्दछु । धन्यबाद ।
ज्ञाम तमु अध्यक्ष तमुधि युके, सल्लाहकार पर्बत वेलफेयर युके ।
Date : Saturday 24th Feb 2018
Time : ठिक 5 बजे  
Venue : Empire Banqueting Hall, Aldershot
GU11 1DJ.
Ticket Price : £25
Dinner :Three Course Menu with Unlimited/ Raffle draw and Entertainment by
Popular Singer Mausami Tamusyo!!
Dress: Black Tie (Medals optional) Suit or Jacket Tie & Sari for Aama samuha.'

na
सम्बन्धित समाचार (जिल्ला )