आइसक्रिम उद्योगमा चोरी
    7 months ago     124
आइसक्रिम उद्योगमा चोरी


रोशन तिवारी पर्वत ६ फागुन । पर्वतको कुश्मावजारमा एक आइसक्रिम उद्योगमा चोरी भएको छ । गएराती अज्ञात समूहले सदरमुकाम कुश्मावजारको साझाचोकमा रहेको पर्वत आइसक्रिम उद्योगमा चोरी गरेको हो । उद्योगका सञ्चालक जयनाथ मुखियाका अनुसार चोरहरुले उद्योगमा रहेको नगद ७० हजार रुपैयाँ र तीनवटा मोवाईल चोरेर लगेका छन् । 

मुखियाका अनुसार उद्योग भित्रै सुतिरहेको समयमा मध्यरातमा चोरहरु ढोका फोडेर भित्र प्रवेश गरेका थिए । सात जनाको संख्यामा आएका नकावधारी समूहले उद्योग भित्र रहेको फ्रिज, टिभी फुटाएका छन् । मुखिया सहित उद्योगमा कार्यरत मजदुरलाई समेत चोरहरुले कुटपिट गरेका थिए । 

उद्योगका सञ्चालक सहित ९ जना मजदुरहरुले पछाडीको ढोकावाट भागेर ज्यान जोगाएको जानकारी दिएका छन् । चोरीको घटनाको वारेमा प्रहरीलाई जानकारी दिईसकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले चोरहरुको पहिचान भैसकेको जानकारी दिनुभयो ।