सवारी चेक जाँचमा उल्लेख्य तिब्रता
    6 months ago     108
सवारी चेक जाँचमा उल्लेख्य तिब्रता


फागुन २ पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेक जाँचमा उल्लेख्य तिब्रता दिएको छ । हाईवे र बजार क्षेत्रभित्र समानान्तर रुपमा चेकजाँच गरिरहेका कारण कारबाहीमा पर्ने सवारी साधनहरुको संख्यामा निकै बृद्धि भएको कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले जानकारी दिनुभयो । 


 कारबाहीमा पर्ने मध्ये सबैभन्दा तिब्र गतिमा सवारी हाँक्ने र कागजपत्र बिना नै सवारी चलाउनेहरु रहेको पनि कार्यालय प्रमुख रानाभाटले बताउन्ु भयो । अहिले दैनिक झण्डै ५० देखि ७० ओटा सम्म सवारी साधनहरु कारबाहीमा पर्ने गरेका छन । 


ट्राफिक प्रहरीले पैदल र सवारी मार्पmतबाट पनि छड्के चेकजाँचलाई तिब्रता दिएको छ । जिल्लामा दुर्घटनामा समेत निकै न्यूनिकरण भएको छ भने राजश्वमा पनि बृद्धि भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । गल्ती गर्ने सरकारी र नीजि सबै सवारी साधनहरु कारबाहीको दायरामा ल्याएको कार्यालयको भनाई छ । 


कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४÷०७५ अन्तरगत गएको श्रावणदेखि माघ मसान्तसम्म कुल २६ लाख ३९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । यस अवधिमा कुल ४ हजार ४ सय ४० ओटा सवारी साधनहरु कारबाहीमा परेका छन । 


जसमा ७ सय २६ ओटा बस, ४ सय ९० ओटा ट्रक, १ हजार ४ सय ८० ओटा जिप, कार र भ्यान, ४ सय १३ ओटा ट्रयाक्टर र १ हजार ३ सय ३१ ओटा मोटरसाईकल छन । यस अबधिमा सबैभन्दा असोजमा ८ सय सवारी साधनलाई गरीएको कारबाहीबाट ४ लाख ६९ हजार रुपैयाँ राजश्व उठेको छ भने सबैभन्दा कम पुषमा ५ सय ५० सवारी साधनहरुमाथि गरिएको कारबाहीबाट ३ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।