पर्वतको आर्थरमा शिव मन्दिर निर्माण
    5 months ago     137
पर्वतको आर्थरमा शिव मन्दिर निर्माण

फागुन १ पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा शिव मन्दिर निर्माण गरिएको छ । मन्दिरको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । महाशिवरात्रीको अवसर पारेर जोशीले मंगलवार १ सय ८ दिप प्रज्वलन गरेर  नवनिमित्त मन्दिरको उद्घाटन गर्नुभएको हो । 

उद्घाटन पश्चात बोल्दै मेयर जोशीले नेपाल बहुजात जातीको मानिस बसोवास रहेको र उनीहरुले आआफ्नै धर्म र संस्कृती मान्नदै आएकाले देश धर्मनिरपेक्ष भएको बताउनु भयो । उहाँले सबै समुदायको आ आफ्नै धर्म संस्कृति भएकाले मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले कुश्मा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि थुप्रै योजना अगडी बढेको बताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिका १४ का आर्थरका वडा अध्यक्ष भिमवहादुर गुरुङ, नेपाली काँग्रेस आर्थरका सभापति रुद्रमोहन रिमाल, समाजसेवी एकवहादुर गुरुङ,गुम्वा व्यवस्थापन समितिका अध्यक्ष इन्द्रवहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सामजिक परिचालक कल्पना शर्मा र कार्यक्रमको सञ्चालन लेखनाथ रिमालले गर्नुभएको थियो । मन्दिर निर्माणका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पोखराको ४ लाख र स्थानियको सहयोग र श्रमदान गरि कुल ९ लाख ३४ हजार लागतमा मन्दिरको निर्माण गरिएको हो । 

मन्दिर उद्घाटनका क्रममा स्थानियले भजन, कृर्तन गनुर््का साथै बाजागाजा बजाएको मन्दिर समितिले जनाएको छ । मन्दिर निर्माण सँगै आर्थरको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको स्थानियको भनाई छ ।