कुर्घा–पोखरा सम्पर्क समाज गठन
    1 week ago     107
कुर्घा–पोखरा सम्पर्क समाज गठन


रोशन तिवारी माघ २८ पर्वत । पर्वतको फलेवास नगरपालिका १० कुर्घावाट पोखरामा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरुको भेलाले कुर्घा पोखरा सम्पर्क समिति गठन गरेको छ । शनिवार पोखरा स्थित शान्ती वनवाटिकामा भएको वृहत भेला र वनभोज कार्यक्रम मार्फत कुर्घा पोखरा सम्पर्क समिति गठन गरिएको हो । 

८० जनाको उपस्थितीमा भएको भेलाले अध्यक्षमा चित्रवहादुर क्षेत्रीलाई चयन गरेको छ । उपाध्यक्षहरुमा टोनी गुरुङ,धिरज चपाई र विन्दु परियार चयन हुनुभएको छ । सचिवमा सुर्यराज पौडेल, सहसचिवमा गणेशवहादुर गुरुङ र कोषाध्यक्षमा धनप्रसाद पौडेल चयन हुनुभएको छ । 


सदस्यहरुमा क्रमश भगवती शर्मा, कल्पना शर्मा, मुकुन्द चपाई, यज्ञ पौडेल, शिव रेग्मी, मञ्जु सापकोटा पौडेल, मिनाकुमारी रेग्मी रहनुभएको छ । सल्लाहकारहरुमा सपना केसी,कृष्ण लम्साल, वविन वाग्दास, शिवराज चपाई, सुदन क्षेत्री र दिपक कँडेल चयन हुनुभएको छ । 

१५ सदस्य कार्यसमितिमा र ६ जना विशेष सल्लाहकार गरेर २१ जना समितिमा रहेका छन् । कार्यसमितिको समयावधि एक वर्षको रहने जनाइएको छ । पोखरामा वस्ने कुर्घावासीहरुले एकत्रित भई विभिन्न सामाजिक कार्यहरु गर्ने जनाएका छन् । सोहि उदेश्यले समिति गठन गरिएको अभियानका अगुवा यूवा एवं सम्पर्क समितिका सचिव सुर्यराज पौडेलले जानकारी दिनुभयो । गणेशवहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुर्यराज पौडेलले गर्नुभएको थियो ।