Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1538




खरेहा प्राविलाई प्रवासीको सहयोग
खरेहा प्राविलाई प्रवासीको सहयोग


माघ २७ पर्वत । वैदेशिक रोजगारीका लागि अमेरिका पुगेका यहाँका युवाहरुले कुस्मा नगरपालिका ७ स्थित खरेहा प्राथामिक विद्दालय लाई रु ७५ हजार आर्थिक सहयोग गरेका छन् । विधालयको शैक्षिक र भौतिक स्तिथी सुधार गर्नका लागि युवाहरुले सामुहिक रुपमा सहयोग गरेका हुन ।


शुक्रवार विधालयमा एक कार्यक्रमको आयोजना गरी विधालयका प्रधानध्यापक नारायण गिरी लाई कु.न.पा.७ निवासी समाजसेवी शिक्षाप्रेमी खेमनाथ शर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा वोल्दै समाजसेवी शर्माले विधालयको भौतिक तथा शैक्षिक स्थिती सुधारका लागि प्रवासी युवाहरुले गरेको सहयोग सहनिय भएको वताउनु भयो । 


सहयोग रकम वुझ्दै विधालयका प्रअ नारायण गिरीले तन प्रवासमा भएपनि मन गाउँमा भएका युवाहरुलाई धन्यवाद दिनुभयो । विधालयलाई खरेहा घर भई हाल अमेरीका रहनुभएका दिवाकर पौडेल दिपक ले रु १५ हजार ,सुनिल पौडेलले रु १५ हजार, आशिष पौडेलले रु १० हजार, त्यस्तै सुमन श्रेष्ठले रु १५ हजार, ,सुरज क्षेत्रीले रु १० हजार विनोद शर्मा पौडेल कान्छोले रु ५ हजार र सुनिता शर्माले रु ५ हजार गरी कुल ७५ हजार एकमुष्ठ रुपमा आर्थिक सहयोग गरेका हुन् । 


आँफुले अक्षर चिनेको विधालय लाई थोरै मात्रामा भएपनि सहयोग गर्न पाउँदा निकै हर्षित भएको भूतपुर्व विधार्थी तथा सहयोगी सुनिल पौडेलले वताउनुभएको दिपसागर पौडेलले जानकारी दिनुभएको छ ।  






सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)