जन्मभूमीका लागि सबैले सकेको योगदान गरौँ ।
    6 months ago     495
जन्मभूमीका लागि सबैले सकेको योगदान गरौँ ।

पर्वत जिल्लावाट प्रवासमा रोजगारी, व्यापार, व्यवसाय र नोकरी गर्ने व्याक्तिहरु जिल्लाको हितमा विभिन्न संस्था गठन गरि समाजसेवामा योगदान दिईरहेका छन् । यस्तै संस्था मध्येको एक हो पर्वत सेवा समाज । समाजका विभिन्न देशमा सञ्जाल रहेका छन् । त्यहि संस्थामा लाखौँ प्रवासी नेपालीहरु आवद्ध रहेका छन् । उनीहरुले यहि संस्था मार्फत विभिन्न सामाजिक कार्य, सहयोग र जन्मभुमीको समृद्धिका लागि योगदान गरिरहेका छन् । आज हामीले पर्वत सेवा समाज वेल्जियमले गरेका कार्य र आगामी कार्ययोजनाको वारेमा जानकारी दिने प्रयास गरेका छौँ । पर्वत सेवा समाज वेल्जियमका अध्यक्ष झलक केसी संग सहकर्मी रोशन तिवारीले कुराकानी गर्नुभएको छ । 

तपाई पर्बत समाज वेल्जियमको अध्यक्ष भएपछि के के काम गर्नुभयो ?

गत अप्रिलमा भएको अबिधेशन पश्चात स्वास्थ्य र शिक्षाको क्षेत्रमा हामीले काम गर्दै आएका छौँ । हामीले पर्वत जिल्लाका गाउँ गाउँमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने गरेको कुरा तपाई सहित सबैलाई थाह छ । गतवर्ष फलेवासको देविस्थान र कुश्मामा वृहत स्वास्थ्य शिविरको आयोजना गरेका थियौँ । त्यहाँ करिव २ हजार जनाको स्वास्थ्य परिक्षण गरियो । गाउँमा उपचारको सेवा नपाएका व्याक्तिलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अनिल भट्टराईको नेतृत्वमा भएको स्वास्थ्य शिविरमा मुटु, पेट, छाती लगायतका समस्या भएका विरामीहरुको सेवा दिने काम हामीले गरेका थियौँ । त्यस्तै यो अवधिमा पर्वतका धेरै विद्यालयमा शैक्षिक सामाग्री वितरण, न्यानो लुगा वितरण गर्ने काम गरेका छौँ । हामीले विभिन्न रोग लागेका व्याक्तिलाई पनि सहयोग गरेका छौँ ।

पर्वत समाजका आगामी कार्यनिति र रणनिती के के छन् ?

मैले पहिल्यै पनि भने हामीले शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानमा काम र्ग । नामले पनि प्रष्ट हुन्छ । हामी सेवामा समर्पित छौँ । हामी पर्वत वाट प्रवासमा आएपनि हामीले समृद्ध पर्वत हाम्रो अभियान भन्ने नारा तय गरेर अगाडी वढेका छौँ । हामीले पर्वतमा अव सबै ७ स्थानीय तहमा अव वृहत स्वास्थ्य शिविर, शिक्षाका लागि सहयोग गर्ने, वृद्धाश्रमका लागि सहयोग गर्ने सोचमा छौँ । हामीले गतवर्ष फलेवास र कुश्मामा शिविर सञ्चालन गरेको अनुभवले अव पर्वतका सबै ठाउँमा शिविर सञ्चालन गरौँ भन्ने ठानेर अव निकट समयमा हामीले स्वास्थ्य शिविर लिएर आउँदैछौँ ।

तपाईहरुले पर्वत समाजमा आवद्ध हुन चाहनेहरुलाई कसरी आवद्ध गराउने गर्नुहुन्छ ?

हामी पर्वतवाट आएका व्याक्तिहरुको संस्था भएकाले पर्वतवाट यहाँ वेल्जियममा आएर वस्नुहुने सामाजिक सन्जाल, टेलिफोन मार्फत भेटघाट हुन्छौ ।हाम्रो अभियान कुनै कोठाभित्र मात्रै सिमित छैन । प्रत्येक दुई महिनामा हामीले नियमित वैठक गर्ने गरेका छौँ । वैठकमा हामी संग आवद्ध भएका साथीहरुले नै आवद्ध नभएकाहरुलाई ल्याउनुहुन्छ । २००५ मा स्थापना भएको यो समाज हामी सबै पर्वतवाट आउने दाजुभाई दिदिवहिनीको परोपकारी साझा संस्था हो । त्यहि भएर सबैले एउटै घर जस्तो ठानेर हामीले खोज्नुभन्दा पनि यहाँ आएका नयाँ सदस्यहरु आफैँ आवद्ध हुन आउने गर्नुभएको छ । सबै संस्थाको आजिबन सदस्य हुनु हुन्छ ।

अन्तराष्ट्रिय पर्वत समाज र पर्वत सेवा समाज वेल्जियमको सम्बन्ध कस्तो छ ?

गत अक्टुवर महिनामा अन्तराष्ट्रिय पर्वत समाज गठन भएको हो । विश्वभर छरिएर रहेका पर्वतका प्रवासीहरु थोपा थोपा मिलेर नदी वन्छ भनेर हामी विश्वभरवाट एकै ठाउँमा हुनुपर्छ भनेर अन्तराष्ट्रिय पर्वत समाज गठन भएको हो । पर्वत समाज एउटा शाखा हो भने अन्तराष्ट्रिय पर्वत समाज छाता संस्था हो । त्यसैले पर्वत समाज वेल्जियम र अन्तराष्ट्रिय पर्वत समाजको वीचमा नङ मासुको सम्वन्ध हुन्छ । हामीहरु दुवै संस्था परोपकारी संस्था हो । हामी दुवै संस्था एक अर्काको परिपुरकको रुपमा हामीले काम गर्र्दै आएका छौँ ।

पर्वत समाज र वेल्जियममा रहेको अन्य संघ संस्था संग कस्तो सम्वन्ध रहन्छ ?

यहाँका अन्य नेपाली संघसंस्था संग, राजदुतावास अन्य नेपाली संग हातेमालो गर्दै का मगर्दै आएका छौँ । सबै संस्थाहरुसंग हाम्रो सम्वन्ध सुमधुर रहेको छ । हामीले गरेका राम्रा कामको सिको अरु संस्थाले गर्ने गर्छन हामीले पनि अरु संस्थाले गर्ने राम्रा कामको सिको गछौँ । केहि काम गर्दा हामीले सरसल्लाह गर्ने गर्छौँ । पर्वतवाट आउनुभएका सत्र जना अग्रज साथीहरूले बेल्जियम स्थित अन्य संघ संस्थाहरुमा अध्यक्ष भई सफल नेतृत्व गरिसक्नुभएको छ । हाल पर्बतेहरू एनआरएन वेल्जियममा उपाध्यक्ष, कोषाध्यक्ष सहित ६ जना कार्यसमिति रहनु भएको एनआरएन केन्द्रिय समितिमा पनि वेल्जियमवाट गोविन्द सुबेदी दाजु एनआरएनको केन्द्रिय मानर्थ सदस्यमा आवद्ध हुनुहुन्छ । यसरी सबै संघ संस्थाहरू संग हाम्रो सुमधुर सम्बन्ध छ । केहि अभियान गर्न परेमा उहाँहरुले हामीलाई र हामीले उहाँलाई सल्लाह गरेर का मगर्ने गछौँ । हामीहरुका विचमा गाउँमा मेलापात, आलोपैँचो गरे जस्तै सम्बन्ध छ ।

विश्वभरका नेपालीहरुलाई जोड्न पर्वत नेपाल डट कम अनलाईन सञ्चालन भएकोमा तपाईलाई कस्तो लाग्दैछ ?

निकै खुशी लागेको छ । म र हाम्रो संस्थाको तर्फवाट यो अनलाईनको पूर्ण सफलताको कामना गर्दछु । सुचना र संचारको पहुँच विश्वभरका नेपाली सामु पु¥याउने । हाम्रा विचार, गतिविधि, दृष्टिकोण, हाम्रा अभियान र कार्यक्रमलाई विश्वभर पु¥याउन प्रवासी र नेपालमा वस्ने साथीहरुले अनलाईन सञ्चालन गरेकोमा म पुलकित भएको छु । पक्कै पनि यो अनलाईनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । यसलाई दिगो रुपमा चलाउन हामीले संस्थागत र व्याक्तिगत रुपमा पनि केहि सहयोग गर्नुपर्छ । हामीले यो अनलाईन हाम्रै एक अभिन्न अंग हो भन्ने ठानेका छौँ ।

अन्तमा स्वदेश तथा विदेशमा छरिएर रहेका नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?

सबैले सकारात्मक भावना लिनुपर्छ । हामीमा परोपकारी भावना हुनु आवश्यक छ । हामीले कमाएको केहि हिस्सा हामी जन्मेको ठाउँको लागि खर्च गर्नुपर्छ । हामीलाई हाम्रो जन्मभूमी जति प्यारो अरु केहि हुनेछैन । हामी अहिले विदेशमा केहि न केहि पेशा, नोकरी, व्यवसाय गर्दैछौँ भने यसको केहि हिस्सा हामीले परोपकारी काममा लगानी गर्न सक्यौँ भने आगामी पुस्ताले हामीलाई सम्झिरहन्छ । समाजसेवा र परोपकारी काममा हामी एक एक थोपा हुँदै नदी वन्ने प्रयासमा लागौँ ।

सम्बन्धित समाचार ( अन्तर्वार्ता)