गर्भ रहेको थाहा पाएपछि प्रेमिकाको हत्या
    6 months ago     430
गर्भ रहेको थाहा पाएपछि प्रेमिकाको हत्या


       

रोशन तिवारी माघ २२ पर्वत । वागलुङकी एक यूवतीको हत्या भएको पुष्टि भएको छ । वागलुङको जैमिनी नगरपालिका ८ की कमला शर्मालाई पर्वतको विहादी गाउँपालिका २ वर्राचौरका विक्रम भनिने प्रदिप पराजुलीले हत्या गरेको प्रहरीको अनुसन्धान वाट खुल्न आएको हो । २२ वर्षिया शर्मा यहि माघ ५ गतेदेखि वेपत्ता भएपछि परिवारले खोजी गरेका थिए । 

खोजतलासकै क्रममा माघ १७ गते उनको शव कालिगण्डकी नदी किनारमा फेला परेको थियो । विक्रम भनिने प्रदिप पराजुलीले शर्माको हत्या गरेको भनेर गाउँलेलाई भनेपछि प्रहरीले उनलाई पक्रेको थियो । निजको साविति वयान र घटनाको मुचुल्काका आधारमा पक्राउ परेका व्याक्ति प्रदीपले नै कमलाको हत्या गरेको पुष्टि हुन आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले वताए ।

हत्या गरेको पुष्टि भएपछि १० दिनमो म्याद थपेर प्रदिप उपर अनुसन्धान भैरहेको छ । यूवतीको शव कालिगण्डकी गाउँपालिका ४ गुल्मीमा भेटिएकाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसन्धानको लागी पठाईएको थियो । तर प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटना पर्वत जिल्लामा घटेको हुनाले गुल्मी प्रहरीले सबै मिसिल जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । सबै मिसिलहरुको अनुसन्धान पश्चात हत्या नै भएको पुष्टि भएको हो । 

प्रदिपको वयान यस्तो छ । 

कमला र प्रदिपका विचमा केहि समयदेखि प्रेम सम्वन्ध थियो । त्यो दिन माघ ५ गते कमलाले प्रदिपलाई भेटन वोलाएकी थिईन । दुबैजना कालिगण्डकी तिरमा भेट्ने निधोमा पुगे । दुवैजनाका विचमा सञ्चो विसञ्चो सोधेपछि आफ्नो रजस्वला रोकिएकोे कमलाले प्रदीपलाई सुनाईन । 

उनीहरुका विचमा समय समयमा यौनसम्पर्क हुँदै आएको थियो । यौनसम्पर्क राखेको हुनाले कमलाको गर्भमा वच्चा रहेको कारण रजस्वला रोकिएको प्रदीपले अनुमान गरे । कमलाले गर्भपतन गराउने सल्लाह गर्न प्रदीप संग भेटन वोलाएकी रहिछन् । 

गर्भ नफाले कमलाले प्रदिपलाई विहे गर्न पनि कर गरिन् । तर प्रदिपले आफ्नी प्रेमिका संग यति क्रुर वनेकी आफुले माया गरेकी प्रेमिकालाई हत्या गर्ने मनस्थितीमा पुगे । साँझ ढल्कँदै थियो । उनीहरु घुम्दा घुम्दै वौरको फाँटमा आईपुगे । प्रदिपको मन मनले कमलालाई हत्या गर्ने योजना वनाईसकेको थियो । अन्तत कमलाले लगाएको सलको पासो लगाएर प्रदिपले हत्या गरे । उनले एक्लै कमलाको हत्या गरेको वयान दिएका छन् । हत्या गरेर उनले शव नदीमा वगाएका थिए । पछि खोजी गर्दै जाँदा शव हत्या गरेको केहि तल नदी किनारमा फेला परेको थियो ।