Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 month ago

213




एकथरि संसद पुनस्र्थापनाको स्वागतमा, अर्को थरि ओलीको बचाउमा
एकथरि संसद पुनस्र्थापनाको स्वागतमा, अर्को थरि ओलीको बचाउमा

फागुन १४ पर्वत । पुष ५ मा प्रतिनिधी सभा विघटन गरिएको प्रतिनिधीसभा सर्बोच्चको फैसलाले पुनस्र्थापना भएको छ । संसद विघटन पछि एकले अर्कोलाई उछितो काड्दै आएका नेकपाका दुई खेमा पुनस्र्थापना पछि पनि उही प्रबृति दोहोराईरहेका छन् । एकले अर्कोलाई सडकमा उत्रिएर विरोध गर्ने देखि सामाजिक सन्जालमा विरोध र समर्थन गर्ने क्रम चलिरहेको छ । 

संसद पुनस्र्थापना भएपछि संविधान जोगिएको नेकपा माधव प्रचण्ड समूहको ठहर छ । पर्वतमा माधव प्रचण्ड समूहको विजयी जुलुस भएको छ । ओली समूहका नेता कार्यकर्ताहरु भने ओलीको समर्थनमा उत्रिएका छन् । ओली समूह सडकमा नभई सामाजिक सन्जालमा सक्रिय भएको छ । ओलीलाई वाहनावाजी गरेर सत्ताच्यूत गर्न आफ्नै सहकर्मीहरु लागिपरेको भन्दै ओली समूहका नेताहरु प्रतिबादमा उत्रिएका छन् । पुनस्र्थापना पछि फेरि पार्टी एकता गर्नुपर्ने आवाज समेत सुन्ने गरिएको छ । विभाजनले आफ्नो अस्तित्व सकिने त्रास पनि एक अर्कामा देखिन्छ । 

फलेवास नगरपालिकाका प्रमुख समेत रहेका नेता पदमपाणी शर्माले फेरि एकतामा जोड दिन्छन् । उनले अब विगतका तितामिठा छोडेर एकतामा जोडिन आव्हान गरेका छन् । उनी माधव प्रचण्ड समूहका बलियो नेता हुन् । कुश्मा ७ का अध्यक्ष सुवासचन्द्र पौडेल पनि एकतामा जोड दिन्छन् । माधव नेपाल निकट नेता पौडेलले पनि विगतका तिक्तता छोडेर एकतामा जोडिन आव्हान गरेका छन् । केन्द्रमा भावी सरकारको अंकगणित पु¥याउन शिर्ष नेताहरु दौडधुपमा लागेको हुनाले स्थानीय नेताले चाहेकै खण्डमा एकता हुने संभावना भने छैन । 

पुनस्र्थापना पश्चात आयोजित विजयी जुलुसमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गुप्तवहादुर हमालले प्रतिगमनकारी संग एकता हुन नसक्ने उद्घोष गरेका छन् । उनले ओलीले आत्माआलोचना नगरेसम्म एकता नहुने हमालले बताएका छन् । ओली समूहका नेता तथा कार्यकर्ताहरुले भने ओलीले बचाउ गरिरहेका छन् । प्रचण्ड र नेपाल समूहलाई उनीहरुले यथास्थितीबादी भन्ने गरेका छन् । अनेक तिकडम गरेर ओलीलाई असफल बनाउन माधव नेपाल र प्रचण्ड लगायत नेता लागिपरेको आरोप समेत ओली समूहले लगाउने गरेको छ । 

ओली निकट यूवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले फेसबुकमा लेखेका छन् । ‘ मार्चण्डे गु्रपले सम्माननिय प्रधानमन्त्रीलाई अगिल्लो  कार्यकालमा पनि अविश्वास को प्रस्ताव सदनमा लगेर राजिनामा दिन बाध्य बनाएर ९ महिनामै सरकार ढालेका थिए । त्यस को वावजुत पनि नेपाल कम्युनिस्ट पार्टी लाई लगभग दुई तिहाई  ल्याएर ठुलो शक्ति सम्माननिय प्रधानमन्त्री ले बनाउनु भएको हो । मार्चण्ड ग्रुपले अहिले गर्ने नि त्यहि हो यसको परिणाम जनताले अव हुने चुनाव मा देखाईदिने छन् । सबैले मनन गरौँ ।’ जिल्ला नेता गोबिन्द पहाडी भने फुटेर नभई जुटेर नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताउँछन् ।

 निर्वाचन आयोगले पार्टी विभाजन गर्न मिल्दैन । आत्मासमिक्षा गनेै, प्रचण्डले पेश गरेको आरोप पत्र फिर्ता गरेर नयाँ विकल्पमा छलफल हुन । नेकपाको क्लियर कुरा नआएसम्म भावी सरकार पनि बन्दैन भन्ने छ । त्यसैले निर्वाचन आयोग र सर्वोच्चमा कुरा अड्किएको छ । यो बिचमा नेताहरुका बिचमा पक्कै पनि संवाद भैरहेकै होला । उनले मिल्ने भन्दा पनि माधव प्रचण्ड समूह विभाजनमा जाने कृयाकलापमा बढि केन्द्रित रहेको उनले बताए ।

 अदालतको निर्णय आएपछि राजनीतिक समिकरण के हुने हो भन्ने वहष शुरु भएको छ । सरकार गठनको गृहकार्य  शुरु हुन संसद बैठक बस्नुपर्नेहुन्छ । संसद बैठक अगाडी प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ वा संसदमा अविश्वासको प्रसताव सामना गर्नुपर्छ । हुनत राजनीतिमा स्थायी शत्रु हुँदैन भनिन्छ । त्यसैले पूर्व एमाले र पूर्व माओबादीका बिचमा फेरि एकता हुने संभावना पनि जिवितै छ । पुष ५ पछि धमिलिएको सम्बन्ध सुधार हुन एकले अर्कोलाई लगाएका गलत आरोपहरु सच्चिनुपर्छ भन्ने स्थानीय नेता तथा कार्यकर्ताहरुको मत छ । 

नेकपा ओली समूहका केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले मुलुकलाई अनिर्णयको बन्दी हुन नदिन र फेरि अल्पमत तथा वहुमतको खेल हुन नदिन कम्यूनिष्ठ शक्ति एक हुनुपर्ने बताउँछन् । त्यसका लागि नेताहरुले तिक्तता भुल्नुपर्ने पौडेलले बताए । आक्रोश र आन्दोलनमा भीडलाई उत्तेजित गराउन नेताहरुले एकले अर्कोलाई आरोप प्रत्यारोप गरेको सुनेका कार्यकर्ताहरु भावनात्मक रुपमा एक हुन पनि केहि समय पक्कै लाग्ने छ । 

संसद पुनस्र्थापना पश्चात केन्द्र देखि स्थानीय स्तर सम्मका नेता तथा कार्यकर्ताहरुको आक्रोश मथ्थर हुँदै गएको महसुस हुन थालेको छ । अहिले केन्द्रका नेतालाई हेर्दा दुबै समूह काँग्रेसलाई विश्वासमा लिएर सरकार बनाउने कसरतमा लागेको हुनाले स्थानीय नेता कार्यकर्ताहरुको चाहना सम्बोधन भएर पार्टी एक हुने संभावना एकदमै कम रहेको राजनीतिक जानकारहरु तर्क गर्छन ।