Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 month ago

113




मोदीको बाजुङमा स्वास्थ्य शिविरमा १६ सय पशुको उपचार
मोदीको बाजुङमा स्वास्थ्य शिविरमा १६ सय पशुको उपचार


फागुन १४ पर्वत । पर्वतको मोदी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिका ५ बाजुङमा शिविर सम्पन्न भएको हो । किसानको घरदैलोमा पशुहरुमा लाग्ने विभिन्न रोगको समाधान गर्ने अभियान अन्तर्गत शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । 

पशु स्वास्थ्य शिविरमा २२१ घरधुरीका १६ सय पशुहरुको उपचार गरिएको छ । शिविरमा पशुहरुको स्वास्थ्य परिक्षण पश्चात औषधी वितरण गरिएको छ भने कृषकहरुलाई रोगको घरेलु समाधानको बारेमा पनि जानकारी दिईएको छ । पशु चिकित्सक विमल शर्मा पौडेल, प्राबिधिक मधुसोधन सापकोटा, सञ्जिब अधिकारी, देबि क्षेत्री सहितका प्राविधिक कर्मचारीहरुले शिविरमा पशुहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । 

मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले शिबिरको उद्घाटन गर्दै मोदी गाउँपालिकाले पशुपालनमा लाग्ने कृषकहरुलाई अनुदानको व्यवस्था गरेको बताउनुभयो । मोदीमा पशुपालनमा यूवाहरुलाई प्रेरित गरि गाउँमै रोजगारी सृजना गर्ने रणनीतिमा रहेको महतले बताउनुभयो । पशुपालनमा लाग्ने किसानलाई आवश्यक परामर्श पशु सेवा शाखाले उपलब्ध गराउँदै आएको र घरदैलोमा शिविर आयोजना गरेर सहयोग गरेको उपाध्यक्ष महतले बताउनुभयो । 

मोदी गाउँपालिका ५ बाजुङका वडाध्यक्ष दल बहादुर मल्लले शिविरले किसानलाई राहात मिलेको बताउनुभयो । यसअघि पनि गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन हुँदै आएका छन् ।