Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

831




कुश्मामा मेलमिलाप कर्ता लाई तालिम
कुश्मामा मेलमिलाप कर्ता लाई तालिम


माघ ९ पर्वत । पर्वतको कुश्मा नगरपालिकाको न्यायीक समितिले आयोजना गरेको आठदिवसिय ४८ घण्टे मेलमिलाप सम्बन्धि तालिम आज समापन गरिएको छ । माघ २ गते बाट शुरु भएको तालिम समापनिमा  सहभागीलाई नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख एवं न्यायीक समितिका संयोजक सिता काफ्ले लामिछानेले प्रमाणपत्र पनि वितरण गर्नुभयो । 

तालिम समापन कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै नगरप्रमुख जोशीले देवानी प्रकृतिका बिबाद निरुपण गर्न मेलमिलापकर्ताहरु तालिम मार्फत सक्षम भएको बताउनुभयो । न्याय निरुपणको विषय संबेदनशिल रहेको भन्दै जोशीले मेलमिलापकर्ताहरुलाई निष्पक्ष, स्वतन्त्र र पूर्वाग्रह बिहिन हुन अनुरोध गर्नुभयो । जोशीले कुश्मा नगरपालिकामा प्राविधिक कारण न्यायीक समिति ढिलो गठन भएपनि न्यायीक समितिका कामहरु सन्तोषजनक तबरले सम्पादन हुँदै आएको बताउनुभयो । 


कार्यक्रममा बोल्दै नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक सीता काफ्ले लामिछानेले मेलमिलाप केन्द्र १४ वटै वडामा बिस्तार गर्ने तयारी रहेको जानकारी दिनुभयो । गाउँका बिबाद गाउँमै मिलाउने हेतुले मेलमिलाप केन्द्र बिस्तार गर्न थालिएको बताउँदै लामिछानेले मेलमिलापकर्ताहरु सूचिकृत गर्ने प्रक्रिया शुरु भएको जानकारी दिनुभयो ।

 उहाँले न्याय खोज्न गोरखा जानु भन्ने उक्तिलाई बदलेर अब न्याय खोज्न कुश्मा जाउँ भन्ने मान्यता अनुसार न्यायीक समितिले काम गर्ने बताउनुभएको थियो । तालिमको सहजीकरण गरेको सामूदायिक मेलमिलाप समाज कास्कीका अध्यक्ष एवं तालिमका सहजकर्ता हरि पंडितले तालिममा बिद्धत बर्गहरुको सहभागीता रहेको बताउनुभयो । 


कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हरि पंगेनीले राख्नुभयो । पंगेनीले मेलमिलापकर्ता दिक्षित भएमा न्यायको पहुँच पनि फराकिलो भएर जाने धारणा राख्नुभयो । उहाँले तालिमको सहजीकरण गर्ने, सहभागी हुने र समापनमा सहभागी सबैलाई धन्यबाद दिनुभयो । तालिम समापनमा कुश्मा ११ का वडाध्यक्ष शिवशर्मा पौडेल, सहभागीको तर्फबाट नवराज गिरी र सरिना पूर्जा पुनले आफ्ना अनुभव व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाका सूचना अधिकृत धुर्वराज पौडेलले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)