
Correspondent, ParbatNepal
5 days ago
106

पुष २८ पर्वत । पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका क्यान्सर पीडित मिम बहादुर नेपालीलाई एक समाजसेवीले २० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । क्यान्सर रोगबाट ग्रसित मिमवहादुरको आर्थिक् अवस्था कमजोर रहेको हुनाले मोदी ६ तिलाहार स्थित गिज्यानका समाजसेवी सीताराम विश्वकर्माले आर्थिक सहयोग गर्नुभएको हो ।
आर्थिक अवस्था कमजोर रहेको र रोगले ग्रसित भएको हुनाले नेपाल रेडक्रस सोसाईटी तिलाहार देउपुर उपशाखाका सभापती दिपेन्द्रजंग लामिछानेको पहलमा विश्वकर्माले सहयोग गर्नुभएको हो । नेपालीलाई घरमै पुगेर विश्वकर्माले सहयोग हस्तान्तरण गर्नुभएको छ ।
घाँटीको क्यान्सर भएका मिमबहादुर गाउँका कटुवाल हुन् । उनलाई क्यान्सर रोग लागेको ३ महिना भयो । भरतपुर जाँदै आउँदै उपचार गरिरहेका रोग लागेपछि कुटवाल पेशा समेत छोड्नुभएको छ । घरमा कमाउने कोहि मान्छे नहुँदा उनलाई उपचार खर्च जुटाउन समस्या भएको सभापति लामिछानेले जानकारी दिनुभयो ।
उमेरले ७० पुगेका मिमवहादुरको आर्थिक अवस्था कमजोर रहेकाले गाउँलेहरुले धेरथोर सहयोग गरेर उनको उपचार गराईरहेका छन् । अनमोल यूवा क्लवले मिमबहादुर नेपालीको उपचारका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । रेडक्रस सभापति दिपेन्द्रजंग लामिछानेले उनको आर्थिक अवस्था कमजोर रहेको हुनाले देशबिदेशमा रहेका संघसंस्थालाई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।