
Correspondent, ParbatNepal
6 days ago
179

पुष ९ पर्वत । रुखबाट खसेर मेरुदण्ड भाँचिएर पोखराको हरियोखर्क अस्पतालमा उपचाररत फलेवास नगरपालिका ३ शंकरपोखरी निवासी लक्ष्मी तिवारीलाई अमेरिका र काठमाण्डौँमा बस्ने छिमेकीहरुले सहयोग गरेका छन् । सामाजिक सञ्जाल मार्फत र विभिन्न जनसम्पर्क बाट अमेरिकामा बिजयराज भुसाल र काठमाण्डौँमा रामप्रसाद भुसालले संकलन गरेको एक लाख ८७ हजार ५८ रुपैयाँ हस्तान्तरण गरिएको हो । काठमाण्डौँबाट आएर छिमेकी रामप्रसाद भुसालले हरियोखर्क अस्पतालमा पुगेर तिवारीलाई आज सहयोग हस्तान्तरण गर्नुभएको हो ।
अमेरिकाबाट बिजयराज भुसालको सक्रियतामा संकलित रु १ लाख ३२ हजार ५८, धन बहादुर क्षेत्री थापाठाना हाल बेलायत रु १० हजार, अर्जुन थापा र रामप्रसाद भुसाल फलेबास ३ हाल जापान बाट रु २५ हजार , राम प्रसाद भुसाल फलेबास ३ हाल काठामाण्डौँ रु ५ हजार, Paradise vehicle & Yours Pvt Anamnagar kathmandu रु ५००० ,कृष्ण भट्टराई हङकङ बाट रु.५ हजार, र लक्ष्मण सापकोटा अष्ट्रेलियाबाट रु.५ हजार सहयोग प्राप्त भएको थियो । सबै रकम एकमुष्ठ एक लाख ८७ हजार ५८ रुपैयाँ अस्पतालमा पुगेर लक्ष्मीकै हातमा दिईएको छ । अस्पतालमा उपचाररत लक्ष्मीको सुस्वास्थ्यको कामना गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको समाजसेवी रामप्रसाद भुसालले जानकारी दिनुभयो । छिमेकीलाई दुख पर्दा सबै जनाले छाक काटेर सहयोग गरेको उहाँले बताउनुभयो ।
उहाँले यो अप्रत्याशित दुर्घटनाले दुखीत भएको र सहयोग संकलन अभियानले सामाजिक एकता प्रकट भएको भुसालले बताउनुभयो । बिदेशमा होस वा स्वदेशमा छिमेकीलाई अप्ठयारो पर्दा सबैले काँध थाप्न तयार हुने रहेछन् भन्ने भावना सहयोग संकलन अभियानले प्रकट भएको भुसालले बताउनुभयो । उहाँले बिगतमा पनि यसरी सहयोग संकलन गर्ने गरिएको र आगामी दिनमा अरु कसैलाई यस्ता समस्या पर्दा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी जयकृष्ण भुसाल, ढकराज रिजाल, गणेश तिवारी लगायत अस्पतालमा पुग्नुभएको थियो ।
अमेरिका निवासी शंकरपोखरीका बिजयराज भुसालले पनि गाउँमा जुनसुकै बिपत्ति पर्दा यसरी नै सहयोग गर्दै आएको जानकारी गराउनुभयो । उहाँले लक्ष्मी तिवारीलाई सहयोग गर्दा सबैभन्दा बढि आत्मा सन्तुष्टि प्राप्त भएको बताउनुभयो । उपचारमा सहयोग गर्न जुट्नुभएका सबै सहयोगीहरुलाई लक्ष्मी तिवारी र उहाँका पति कमल तिवारीले धन्यबाद दिनुभएको छ । आफुहरुलाई दुख पर्दा सबै जनाले हातमा हात जोडेर सहयोग गरेकोमा उहाँहरुले हृदयदेखि नै आभार व्यक्त गछौँ भन्नुभएको छ ।
अमेरिकामा रहेका निम्नानुसारका व्याक्तिहरुले सहयोग गर्नुभएको छ ।