Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 week ago

58




बेलायतबासी लामिछानेद्धारा स्वास्थ्य सामाग्री वितरण
बेलायतबासी लामिछानेद्धारा स्वास्थ्य सामाग्री वितरण


पुष २४ पर्वत । नेपालमा कोरोनाको महामारीले पारेको प्रभाव कम गर्न बेलायतमा रहेका सफल व्यवसायी एवं समाजसेवी रबिजंग लामिछानले स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनुभएको छ । कोरोनाको मारमा रहेका विद्यार्थीलाई लामिछानेले मास्क, स्यानिटाइजर र ह्यान्डवास लगायतका सामाग्री पठाउनुभएको हो । उहाँले विद्यार्थीलाई कक्षाकोठामा पढ्दा सहज होस र विद्यालय बाट घरसम्म कोरोना आउन नपओस भन्ने उदेश्यका साथ विद्यार्थीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो । व्यवसायी लामिछाने पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका बासिन्दा हुनुहुन्छ । उहाँले सो ठाउँमा रहेको नवजागृत माविका विद्यार्थीलाई र तिलहार स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क प्रदान गर्नुभएको हो । 

उहाँले म्याग्दीका दुई विद्यालयमा पनि स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।  पर्वतको नवजागृत मावि, एक स्वास्थ्यचौकी तथा म्याग्दीको मंगला माध्यमिक विद्यालय र पर्वत तिलाहार स्वास्थ्यचौकीका लागि पठाएका स्वास्थ्य सामग्री उहाँका दिदी इन्दु लामिछानेले हस्तान्तरण गर्नुभएको छ । महामारीका बेला समेत पर्याप्त मात्रामा आधारभूत सुरक्षा सामग्री नरहेको स्वास्थ्य चौकीमा पनि आफ्नो सहयोगबाट मद्धत पुग्ने लामिछानेले आशा व्यक्त गर्नुभयो । समाजसेवा र दिनदुखीको सेवामा समर्पित लामिछानेले सामाजिक उत्तरदायित्व वहन गरि स्वास्थ्य सामाग्री सहयोग गरेको पर्वत नेपाल डटकम लाई बताउनुभयो । 


बेलायतमा एक सफल नेपाली व्यवसायीका रुपमा स्थापित लामिछानेले नेपाल सरकारको कोरोना राहत कोषमा पनि १५ लाख रुपैंया सहयोग गरिसक्नुभएको छ । 

सामाजिक कार्यहरुमा सधै अगाडि उनले नेपालमा ठूलो रकम खर्चिएर कयौं मन्दिरहरुको स्थापना गर्नुभएको छ । सामाजिक क्षेत्रमा पनि उनले दशौं लाख रुपैंयाको सहयोग बाँडिसक्नुभएको पारिवारिक स्रोतले जनाएको छ । केही वर्षअघि नेपालमा महाभूकम्पको बेला मात्रै उहाँले नेपाल सरकारमार्फत् ५१ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो । 

बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरको लागि समेत लामिछानेले  १५ हजार पाउण्ड बढीको आर्थिक सहयोग र साढे ४ सय किलो तौलका मूर्तिहरु प्रदान गर्नुभएको छ । आफुले कमाएको केहि अंश समाजका लागि खर्चिनुपर्छ भन्ने मान्यता राख्ने लामिछाने सहयोग गर्दा आफु सन्तुष्ट हुने बताउनहुन्छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)