दधि आचार्यको कोसेली 'न्यानो कपडा'
    2 weeks ago     168
दधि आचार्यको कोसेली 'न्यानो कपडा'


रोशन तिवारी । प्रवासी नेपाली जिल्लावासीहरुको वालवालीकाको भविष्य प्रति चिन्तित हुने गरेका छन् । यहि चिन्ता स्वरुप हाल वेलायतमा वसोवास गर्दै आएका दधि आचार्य संग पनि छ । त्यहि भएर उनले अघिल्लो हप्ता जिल्लाको फलेवास नगरपालीका ३ शंकरपोखरीका विपन्न वालवालिकालाई न्यानो लुगा दिए । 


जाडोमा काम्दै किताव कापी च्यापेर विद्यालय आउने वालवालिकालाई आचार्यले पठाएको कपडाहरु वितरण गरिएको छ । जनसहयोगी माविका वालवालिकालाई मनका धनी दधि आचार्यले न्यानो लुगा पठाएका थिए । विद्यालयमा पुगेर जिल्ला शिक्ष्ाँ अधिकारी रमेशराज पौडेल, विद्यालय निरीक्षक झकप्रसाद गौतम, पत्रकार अगन्धर तिवारी र रोशन तिवारीले न्यानो लुगा वितरण गरे । कात्तिकदेखि फागुनसम्म उक्त विद्यालयको छानाले समेत सुर्यको प्रकाश देख्न पाउ“दैन । यहि विद्यँलयमा मध्यमाघको ठिहि¥याउने ठण्डीमा एकसरो कमिज र पाइण्टको भरमा लुगलुग काम्दै विद्यालय आउ“छन् विद्यार्थी । 


सामुदायिक विद्यालय भएकाले यहा“ गाउ“मा मजदुरी गर्नेले मात्रै पढ्न पठाउ“छन् । जातिय हिसावले कथित उपल्लो (ब्रँम्हण, क्षेत्री) वर्गका बालबालिका अधिक रहे पनि बिहानबेलुका छाक टार्नकै लागि मजदुरी गर्ने परिवारको बाहुल्यता छ । चीसोकै कारण यो समयमा अधिक विद्यँर्थी अनुपस्थित हुन्छन् । 

बालबालिकाहरुको यहि समस्या बुझ्दै जिल्लाकै जलजला ७ धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आएका दधी आचार्यले न्यानो कपडा पठाए । कान्तिपुरकर्मी अगन्धर तिवारीको आग्रहमा उनले विद्यालयको कक्षा १ देखि १० सम्मका सबै बालबालिकाहरुलाई न्यानो कपडा पठाएका हुन् । १७० थान न्यानो कपडा जिल्ला शिक्ष्ाँ अधिकारी रमेशराज पौडेलले शिक्ष्ाँको गाडीमा विद्यालयमै पु¥याएर बितरण गरे । 

न्यानो लुगा पाउ“दा विद्यार्थी दङ्ग परे । आइतबार दिउ“सो चिसोमा दा“त किट्किट्याउ“दै बसेका बालबालिका सा“झ घर फर्किंदा न्यानो लुगामा फर्किए । ‘लुगा किन्ने पैसा घरमा कहिल्यै हु“दैन,’ कक्षा १० का शुसान्त अधिकारीले भने, ‘लुगा छैन भनेर पढ्न छोड्न त भएन ।’ दयनिय अवस्थाका यसोधा रेग्मी, योगमाया“ तिवारी लगायत बालबालिकाहरुले यसअघि जाडोकै कारण कक्षामा पढाएको पनि बुझ्न कठीन भएको बताए । ‘अब यो वर्ष ढुक्कले पढिन्छ ।’

विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले राज्यले जातिय आधारमा गर्ने बिभेदको चरम मार कथित उपल्लो जातीका बालबालिकाले भोग्न बाध्य भएको बताए । ‘एउटा व्यक्ति पजेरो चढेर राज्यको बिशेष सुविधा लिन जा“दा कथित उपल्लो जातको व्यक्ति भोको पेटमा बसेर टुलुटुलु हेर्छ । ऊ केहि बोल्न सक्दैन,’ थापाले भने, ‘यहा“का अधिकांस बालबालिका त्यहि बिभेदको शिकार बनेका हुन् ।’ विद्यालयको शैक्ष्ँिक गुणस्तर उत्कृष्ठ छ । शैक्षिक अवस्थाकै कारण यहा“ डेढ घण्टाको बाटो हिंडेर कुश्मा नगरपालिका र फलेवास ४ मुडिकुवाका विद्यार्थीसमेत आउ“छन् । तर, राज्यले दिने सुविधाबाट यहा“का सबै बालबालिका बञ्चित छन् । राज्यबाट बञ्चित भए पनि बिभिन्न दाताहरुको सहयोगमा जेनतेन चलेको विद्यालयमा अहिलेसम्म माध्यमिक दरबन्दीको शिक्षक छैन । सिमित स्रोतबाट सञ्चालित न्यून पारिश्रमिक दिएर अधिकांस शिक्षकलाई स्थानीय स्रोतबाटै व्यवस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर थापाले बताए । शिक्षा अधिकारी पौडेलले न्यून अवस्थाका बिच विद्यालय र विद्यार्थीको लगनशिलताको प्रशंसा गरे । ्

्पर्वतको फलेवास ३ चाउकास्थीत जनसहयोगि माविमा न्यानो कपडा बितरण गर्दै जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल । तस्विरः अगन्धर तिवारी ।