Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 week ago

103




नोभेम्बर ८ मा पर्वत वेलफेयर सोसाइटी युकेको साधारणसभा
नोभेम्बर ८ मा पर्वत वेलफेयर सोसाइटी युकेको साधारणसभा

सामाजिक क्षेत्रमा क्रियाशील पर्वत वेलफेयर सोसाइटी युकेको  साधारणसभा नोभेम्बर ८ तारिकमा हुने भएको छ । ७ अक्टोबरमा सोसाइटीका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार साधारणसभा नोभेम्बर ८ मा गर्ने निर्णय भएको हो । उक्त बैठकले भर्चुअल अधिवेशन गर्ने र संस्थापक अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष दधि आचार्य र सल्लाहकार धन बहादुर थापामागरको संयोजकत्वमा तीन सदस्यिय निर्वाचन समिति पनि गठन गरेको छ ।

यस्तै, समितिको सोही बैठकले दुर्लुङमा गएको पहिरोबाट पीडितहरुलाई अन्तर्राष्ट्रिय पर्वत समाजसँगको सहकार्यमा घर निर्माण कार्य अगाडि बढाउने जानकारी सोसाइटीका अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो ।

महासचिव भरत पौड्यालले सञ्चालन गरेको कार्यक्रममा  संस्थापक अध्यक्ष हितकाजी गुरुङको विशेष उपस्थिती थियो । बैठकमा संस्थाका पदाधिकारीहरु उपाध्यक्ष विनोद पुरी, एक पुन र सन्जिव गुरुङ, कोषाध्यक्ष सुरज पौडेल, सचिव प्रकाश न्यौपाने तथा सदस्यहरु अप्सरा गुरुङ, भिमलाल भट्टराई, यम थापा, नारायण गिरीको उपस्थिती थियो ।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)