Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

168




निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो
निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो

पर्वत ,साउन ३१   निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखराबागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो।

 

पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ। कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो। छेउबाट सडकको मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)