Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

149




कालीगण्डकी करिडोर प्रसारण लाईनको काम तिन महिना पछि धेकेलियो
कालीगण्डकी करिडोर प्रसारण लाईनको काम तिन महिना पछि धेकेलियो

साउन ३१, पर्वत । पर्वतको कुश्मा देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका सम्म बिस्तार गर्ने काम भैरहेको कालीगण्डकी करिडोर बिद्युत प्रसारण लाईनको काम बाढिपहिरोका कारण तीन महिना पछि धकेलिएको छ ।यससँगै कालीगण्डकी करिडोरअन्तर्गत थापाखोलाको १३.६ र घलेम्तीको ५ गरी १८.६ मेगावाट विद्युत् पनि खेर जाने भएको छ ।

 

१७ वटा टावर बाढीपहिरोले बगाएकाले तिनलाई फेरि बनाउन र जोखिममा रहेका टावर संरक्षण गर्न थप ३ महिना लाग्ने कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाइन बेनी आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पहिरोले पर्वतको जलजला गाउँपालिकाको धाइरिङस्थित टावर पहिरोले ढलाएको छ । त्यसै गरी जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अरू टावर कालीगण्डकीको कटानले उच्च जोखिममा छन् । एउटा टावर ढल्दा दुई करोडभन्दा बढी आर्थिक क्षति पुगेको छ ।

 

ढलेको पोलको स्थान परिवर्तन गर्न सर्भे भई कुनकुन पार्ट पुनः प्रयोग गर्न सकिन्छ इस्टिमेट भइरहेको छ,’ आयोजनाका सहायक प्रबन्धक यादव न्यौपानेले भने, ‘नदी कटान र पहिरोको जोखिममा परेका पोलको तत्काल संरक्षण नगरे थप समस्या पर्ने भएकाले नयाँ टेन्डर प्रक्रियामा गएका छौं । चौथो पटकको म्याद मार्च ३० तारेखमै सकिएको आयोजनाले लकडाउनका कारण मदजुर तथा प्राविधिक घर गएकाले काममा प्रभाव परेको जनाएको छ । ठेकेदार कम्पनीले उपलब्ध करिब १ सय १० मजदुरबाट दाना र कुस्मा सबस्टेसनमा फिनिसिङको काम भइरहेको जनाएको छ । लकडाउनका कारण घर फर्केका भारतीय प्राविधिक जनशक्ति अझै फर्कन पाएका छैनन् ।

 

आयोजनाको दाना र खुर्कोट सबस्टेसनमा रहने ट्रान्सफर्मर, सर्किट ब्रेकर, कन्ट्रोल एन्ड रिले प्यानल, सबस्टेसन अटोमेसिन सिस्टमसमेतका मुख्य उपकरण परीक्षण गर्ने इन्जिनियर सबै भारतीय छन् । आयोजनाको काममा अहिले आर्थिकतर्फ ९७ प्रतिशत र भौतिक तर्फ ९९ प्रतिशत प्रगति रहेको कार्यालयले जनाएको छ। विद्युत् प्राधिकरणले दाना र खुर्कोट कालीगण्डकी करिडोर प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न भारतीय टाटा र चिनियाँ चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकेदार कम्पनीलाई २ अर्व ९० करोडमा ठेक्का दिएको थियो ।

 

सन् २०१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी २०१६ मे ३० मा सम्झौता भएको हो । कालीगण्डकी करिडोर, म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधार आयोजना र बागलुङका विभिन्न आयोजनाबाट उत्पादित बिजुली खुर्कोटबर्दघाट खण्डको प्रसारण लाइनमा जोड्ने विद्युत् प्राधिकरणको योजना छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)