Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

653




पर्वतमा सुरक्षा ब्यबस्था कडा,प्रशासनले गरेका छ निर्णयहरु यस्ता छन्
पर्वतमा सुरक्षा ब्यबस्था कडा,प्रशासनले गरेका छ निर्णयहरु यस्ता छन्

पर्वत साउन ३० कोरोना भाइरस (कोभिड १९)  को संक्रमण राजधानी लगायत धेरै जिल्लाहरुमा ब्यापक रुपमा फैलिदै गएपछि पर्वत जिल्लामा सुरक्षा ब्यबस्था कडा पार्न थालिएको जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमसी)को बिहीबार भएको बैठकले संक्रमणको जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रुपमा लिँदै सुरक्षा ब्यबस्था कडा पार्ने निर्णय गरेको हो

बैठकले सुरक्षा ब्यबस्थालाई कडा पार्ने निर्णय गरेपछि सबै पालिकामा उक्त निर्णयलाई शुक्रबार देखि नै कार्यान्वयनमा ल्याइएको

जिल्ला संकट ब्यबस्थापन केन्द्रले गरेका वटा निर्णयहरु :

हालको कोभिड १९ को संक्रमण राजधानी लगायत धेरै जिल्लाहरुमा ब्यापक रुपमा फैलिदै गएको अवस्था रहेको कोभिड १९ बाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छिमेकी भारतमा संक्रमणको दर विश्वकै तुलनामा उच्च देखिएको भारतबाट पर्वतमा आउनेको संख्या हालका दिनहरुमा वढिरहेको यो समग्र अवस्थालाई हामी सबै जिल्लावासीले गम्भीर रुपमा लिन जरुरी देखिएको यस्तो अवस्थालाई गम्भीर रुपमा लिइ नेपाल सरकारले शैक्षिक संस्थाहरु -विधालय कलेज ट्युशन सेन्टर तालिम केन्द्र) लगायतका वढि भेला जम्मा हुने कार्य सञ्चालन गर्न निषेधै गर्ने यसको उल्लघन गर्नेलाई कानुनवमोजिक कारवाही गर्ने निर्णय गरेको यस्तो गम्भीर विषयलाई हल्का रुपमा लिइ यस जिल्लाका केहि शैक्षिक संस्थाहरुले पठन पाठन कार्य गरेको भन्ने मौखिक गुनासाहरु दिनदिनै आउन थालेकाले यस सम्बन्धमा आफ्नो पालिका भित्रका शैक्षिक संस्थाहरुको अनुगमन गरी शिक्षण कार्य तत्काल रोक्न सबै पालिकालाई लेखि पठाउने यसमा सबै विधालय ब्यवस्थापन समितिका अध्यक्ष शिक्षक तथा अभिभावकलाई पनि यसको पूर्ण पालना गर्न गराउन जिम्मेवार हुन अनुरोध गर्ने निर्णय गरियो

 

 हाल नेपाल सरकारले कामादारहरु ल्याउन रोक लगाएकोले आ–आफ्नो पालिकामा कामदार ल्याउन नदिने सो अनुगमन गर्न ब्यवस्थाका लागि सबै पालिकालाई अनुरोध गर्ने

 

हरितालिका दशै लगायतका चाडपर्वहरु नजिकै आइ रहेको सन्दर्भमा स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गरी आफ्नो परिवारका सदस्यहरुकाविच मात्र चाडपर्व मनाउन नेपाल सरकारको निर्णय भएकोले सोही अनुसार गर्न सबैलाई अनुरोध गर्ने यसको कार्यन्वयलाई प्रभावकारी बनाउन सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरियो

 

४ ) कुनै पनि बैठक समीक्षा गोष्ठी सेमिनार छलफलपुल हाउस मसाज सेन्टर शैलुन ब्युटी पार्लर स्पा जीम खाना समूहमा खेलिने खेलकुद कभर्ड हल जासत भेला जम्मा हुने कार्य हुन गर्न नदिने धार्मीक स्थलमा नित्य पूजावाहेक अन्य गतिविधि हुन गर्न नदिन ब्यवस्था मिलाउन सबै पालिकाहरु समेतलाई अनुरोध गर्ने नेपाल प्रहरीले गस्ति गरी आवश्यक कारवही गर्ने निर्णय गरियो

 

५) परिसरभित्रै कामदारहरुलाई स्वस्थ्य सम्बन्धी मापदण्ड पुरा गरी खाने वस्ने आवश्यकतानुसार क्वारेन्टिन एव आइशोलेसनको ब्यवस्था सम्बन्धित उधोग कलकारखाना सार्वजनिक तथा निजी निर्माण ब्यवसायीले गर्ने सोको अनुगमन सम्बन्धित पालिकाले गर्न अनुरोध गर्ने निर्णय गरियो

६) उधोग बाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड सम्बन्धमा बैठकमा जानकारी एव छलफल गरी उक्त मापदण्डको कार्यान्वयन गर्ने गराउने सम्बन्धमा देहायको कार्य गर्ने गराउने निर्णय गरियो

सम्बन्धित समाचार (जिल्ला )