पोखरामा रहेका कुर्घेलीहरु एकत्रित हुँदै
    3 months ago     325
पोखरामा रहेका कुर्घेलीहरु एकत्रित हुँदै

माघ १७ पर्वत - पर्वतको कुर्घावाट पोखरा लेखनाथ महानगरपालीकामा आएर वसोवास गर्नेहरुले सम्पर्क मन्च वनाउने तयारी गरेका छन् । फलेवास नगरपालीका १० कुर्घावाट वसाईसराई गरि आएका व्याक्तिहरु एकत्रित हुन मन्च गठन गर्न लागेका हुन् । 

उनीहरुले एकत्रित विभिन्न सामाजिक गतिविधी गर्ने लक्ष्य राखेका छन् । मन्त्र गठनका लागि सुर्यराज पौडेल लगायतले अभियान नै चलाएका छन् । त्यसका लागि सामाजिक सन्जाल मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ । 

सुर्यराज पौडेलले सबैलाई सामाजिक सन्जाल वा अन्य कुनै माध्यमवाट सम्पर्कमा आउन आग्रह गरेका छन् । सबैलाई पहिले सम्पर्कमा ल्याउने र विभिन्न सामाजिक कृयाकलाप गर्ने उदेश्यले अहिले खोजी गर्न थालिएको पौडेलले वताए । 

गाउँलेहरु एकजुट हुँदा एक आपसमा सम्वन्ध सुमधुर हुने उनले वताए । विदेशमा पुगेका व्याक्तिहरुले विभिन्न समिति गठन गरेर एकत्रित हुने गरेको तर आफुहरु देशभित्रै पनि वेपत्ता जस्तै रहेका कारण एक हुनुपर्छ भन्ने सोचले सामाजिक सन्जालवाट सम्पर्कमा आउन आग्रह गरिएको उनले वताए ।