Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

195




पर्वत : दुर्लुङका पहिरो पिडितलाई तमु समाज युकेद्धारा आर्थिक सहयोग
पर्वत : दुर्लुङका पहिरो पिडितलाई तमु समाज युकेद्धारा आर्थिक सहयोग

असार २१, पर्वत   गएको जेठ ३१ गते राती जनाको ज्यान जानेगरी गएको बिनासकारी पहिरो पिडितहरुलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको

कुश्मा नगरपालिका वडा नं। दुर्लुङ स्थित काहुलेमा गएको पहिरोवाट दुई परिवारका जनाको ज्यान गएको थियो मृतकका परिवार पहिरोवाट विस्थापित बनेका परिवारहरुलाई तत्काल जीवनयापनमा सहज होस भन्ने उद्धेश्यले तमु समाज युकेले संकलन गरेर पठाएको राहत आईतवार एक कार्यक्रमका बीच वितरण गरिएको हो प्रतिनिधि सभाका सांसद पदम गिरीले पिडितहरुलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो

मृतक जनालाई रु।२७ हजार सयको दरले लाख ४५ हजार सात सय, हस्तान्तरण गरिएको पहिरोमा परि आमा, बाबु, छोरा छोरी गुमाएका ओमबहादुर थापालाई रु।१ लाख हजार दुई सय, श्रीमती छोराछोरी गुमाएका विकास थापालाई ८१ हजार सय श्रीमती छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई ५४ हजार सय रुपैया हस्तान्तरण गरिएको हो

 

पहिरो पिडित भुवन गिरीलाई रु। ५४ हजार सय ७२ अन्य चार परिवारलाई रु। ४० हजार पाँच सय रुपैयाको दरले राहत वितरण गरिएको हो पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ पशुपती सिंजाली मगर विस्थापित बनेका छन्

हाल युकेमा रहनुभएका तमु समाज युकेका उपाध्यक्ष शिबकुमार गुरुङको संयोजकत्वमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरूङ, वर्तमान अध्यक्ष शिवचन्द्र, गुरूङभुपु क्याप्टेन जीवन गुरूङ लगायतले उक्त राहत रकम संकलन गरी पठाउनु भएको स्थानीय राजन गुरुङले जानकारी दिनुभयो

 

कार्यक्रममा राहतका लागि अगुवाई गर्दै आउनुभएका इन्द्रबहादुर गुरुङ, वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन स्थानीय समाजसेवी होमबहादुर थापाले गर्नुभएको थियो ।कार्यक्रममा तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरूङले पठाएको शोक बक्तव्य वाचन गरेर सुनाईएको थियो