Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

219




गण्डकी प्रदेश : समुदायस्तरमै कोरोना सङ्क्रमण
गण्डकी प्रदेश : समुदायस्तरमै कोरोना सङ्क्रमण

पर्वत गण्डकी प्रदेशका जिल्लाका समुदायस्तरमै कोरोना भाइरस कोभिड१९ का सङ्क्रमित पुष्टि हुन थालेका छन् गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा पछिल्लो समय समुदायस्तरमै कोरोना सङ्क्रमित पुष्टि हुन थालेका हुन् सरकारले कोरोना परीक्षणका लागि विदेशबाट आएका, सङ्क्रमितको सम्पर्कमा आएका सङ्क्रमणको लक्षण देखिएकाको परीक्षण गर्दै आइरहेको थियो

पछिल्लो समय कुनै पनि यात्रा विवरण नभएका व्यक्तिमा सङ्क्रमण देखिन थालेपछि कन्ट्याक्ट टे«सिङको कामलाई अगाडि बढाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको गण्डकी प्रदेशमा पहिलो पटक लमजुङ ठेगाना भई काठमाडौँमा बस्दै आएका एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ती बालकको स्थायी बसोबास जिल्ला बाहिर रहे पनि जिल्लाको स्थायीवासी भएकाले सङ्क्रमित भनिए पनि उनको लमजुङ जिल्लासँग कुनै सम्पर्क नरहेको जनाइएको

गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की, स्याङ्जा, गोरखा, बागलुङ, तनहुँ पर्वतमा क्वारेन्टाइन बाहिरका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो पोखरास्थित आफ्नै निवासमा बेहोश भई उपचारका लागि काठमाडौँ लगिएका एक व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा अरू कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको थिएन पछिल्लो समय उपचारका लागि अस्पताल पुगेका, अस्पतालका स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा काम गर्ने व्यक्ति सुरक्षाकर्मीमा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढ्दै गएको

मोटरसाइकल दुर्घटना भई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुगेका पर्वतका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो उनको यात्रा विवरण नभए पनि सङ्क्रमण देखिएपछि गरिएको कन्ट्याक्ट टे«सिङमा अन्यलाई कोरोना सङ्क्रमण देखिएको थिएन पर्वतमा कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो पर्वत अस्पतालमा कार्यरत सात, नीजी मेडिकलमा काम गर्ने एक युवक ती युवकको सम्पर्कमा आएकामा कोरोना सङ्क्रमण देखिएको थियो

बागलुङका एक सुरक्षाकर्मी, दुई जना क्वारेन्टाइनमा खाना पकाउने एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमै सङ्क्रमण फैलिन थालेको आशङ्का गरिएको त्यही आशङ्कामा काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई सिल नै गरेको

स्याङ्जामा समुदायस्तरमै कोरोनाको सङ्क्रमित एक व्यक्तिको मृत्यु भइसकेको सिरुवारीमा व्यापार गरी बस्ने एक व्यक्तिमा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको यात्रा विवरण नभएका ती व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरेपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो योसँगै स्याङ्जामा एक एम्बुलेन्स चालक दुई जना क्वारेन्टाइनमा काम गर्ने दुई जना अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो

गोरखाका गाउँमा पनि समुदायस्तरमै सङ्क्रमित देखिन थालेका छन् लकडाउन सुरु भएपछि एक हजार ७० जना भारतबाट नेपाल फर्किएका थिए गोरखाको भीमसेन थापा गाउँपालिकामा देखिएका २९ सङ्क्रमितमध्ये आठ जना क्वारेन्टिन बाहिरका व्यक्ति रहेका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो

प्रहरी हिरासतबाट छुटेर घरमा बसिरहेका एक व्यक्तिमा सङ्क्रमण देखिएपछि भीमसेन थापा, महादेवटारका ३८ जनाको कन्ट्याक्ट टे«सिङ गर्दा तीन जनामा सङ्क्रमण देखिएको थियो भारतबाट आएर सोही गाउँपालिकाको वडा अश्राङको क्वारेन्टाइनमा बसेका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको भन्दै छोडिएको भोलिपल्ट तिनै व्यक्तिको रिपोर्ट पोजेटभ आएपछि उनीहरूबाट समुदायमा सङ्क्रमण फैलन पुगेको आशङ्का गरिएको प्रहरी हिरासतमा रहेका पालुङ्टारका युवक काभ्रेको पाँचखालबाट आएर गण्डकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेको एक व्यक्तिमा पनि कोरोना पुष्टि भइसकेको

अहिलेसम्म प्रायः भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा सङ्क्रमण देखिएकोमा क्वारेन्टाइन बाहिरका व्यक्तिमा सङ्क्रमण देखिन थालेपछि त्रास बढेको गण्डकी प्रदेशमा हालसम्म ९६६ जनामा सङ्क्रमण पुष्टि भएको तीमध्ये सबैभन्दा धेरै नवलपरासीमा २१८, बागलुङमा १९४, स्याङ्जामा १७४, तनहुँमा १२४, पर्वतमा ८५, गोरखामा ८४, कास्कीमा ४९, लमजुङमा २०, म्याग्दीमा १६, मनाङमा एक मुस्ताङमा एक जनामा सङ्क्रमण देखिएको थियो