Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

175




रुकुम घटना : पर्वतका संघसंगठनले ६ बुँदे माग सहित ज्ञापनपत्र बुझाए (यस्ता छन् माग)
रुकुम घटना : पर्वतका  संघसंगठनले ६ बुँदे माग सहित ज्ञापनपत्र बुझाए (यस्ता छन् माग)


जेठ १८, पर्वत पर्वतका दलित अधिकारकर्मीहरुले रुकुम पश्चिमको चौरजहारी नगरपालिका मा भएको घटनामा पीडितलाई न्याय दोषीलाई हदै सम्मको कार्बाहीको माग गरेका छन् रुकुममा ईतिहाँसको विभत्स नरसंहारकारी सामुहिक हत्याकाण्ड भएको भन्दै पर्वतका दलित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन्


जिल्लामा रहेका सम्पूर्ण राजनीतिक दल सम्बद्ध दलित संघ÷संगठन, दलित नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरुको समुहले बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकार शम्बुप्रसाद रेग्मीलाई ज्ञापन पत्र बुझाएको दलित संघ पर्वतका कोषाध्याक्ष एवम् प्रतिनिधी ठाकुर रसाईलीले जानकारी दिनुभयो


१३ औँ गणतन्त्र दिवसको पूर्व सन्धामा रुकुम पश्चिम चोजहारी नगरपालिका सोती निवासी सुष्मा मल्ल जाजरकोट जिल्ला भेरी नगरपालिका रानागाउँका स्थानीय गाउँलेहरुको योजनाबद्ध सामुहिक आक्रमणबाट नवराज विक, टिकाराम विक, लोकन्द सुनार, गणेश बुद्धा मगर सन्जु विको विभत्स हत्या भएको गोविन्द शाही अझै बेपत्ता पारिएको यस मानवीय बर्बरतापूर्ण नरसंहारकारी सामुहिक हत्याकाण्डप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको , विज्ञप्तिमा भनिएको



पर्वतका दलित अधिकारकर्मीहरुको माग यस्ता छन्


) मानवता बिरोधी जातीय दमनमा आधारित रुकुम पश्चिमको नरसंहारकारी सामुहिक विभत्स हत्याकाण्डको सत्यतथ्य छानवीन गर्न दलित समुदायका सांसादको अनिवार्य प्रतिनीधित्व हुने गरी सर्वदलिय संसदीय छानविन समिति गठन गरियोस्


) पाँचजनाको हत्या जना बेपत्ता हुने गरी घटाईएको उक्त सामुहिक विभत्स हत्याकाण्डको सत्यतथ्य छानविन गरी दोर्षीलाई शिघ्रति शिघ्र हदैसम्मको कानूनी कार्वाही गरियोस्


) हत्याकाण्डको शिलशिलामा अझै बेपत्ता पारिएका एक जना गोविन्द शाहीलाई याथाशिघ्र खोजीगरी सार्बजानिक गरियोस् साथै घटनामा घाईते भएकाहरुको स्स्वास्थ्य उपचार तथा घट्नामा बाँच सफल १२ जना यूवाहरु सहित निज सुष्मा मल्ल लगायत पीडितका परिवारको पूर्ण सुरक्षा गरियोस


) यस हत्याकाण्डका आरोपित जनप्रतिनिधि तथा सार्वजानिक पद धारण गरेका व्यक्तिहरुलाई निलम्वन गरि स्वच्छ निष्पक्ष छानविनको वातावरण तयार गरियोस्


) यस हत्याकाण्डका आरोपित जनप्रतिनिधि तथा सार्वजानिक पद धारणा गरेका व्यक्तिहरुलाई निलम्वन गरि स्वच्छ निष्पक्ष छानविनको वातावरण तयार गरियोस्


) रुकम पश्चिम हत्याकाण्ड बाहेक ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ पछि गरिएको छुवाछुत मुक्त राष्ट्र घोषणा जातीय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) ऐन २०६८ लागू भएयता १८ जना दलितहरुको निर्मम हत्या भएको सयौँ जातीय छुवाछुत तथा भेदभावका घटनाहरु घटेका छन् कोभिड १९ को बन्दाबन्दिको अवधिमा मात्र ३२ वटा घटनाहरु भएका छन् दु्ःखका साथ भन्नु पर्दछ कुनैपनि घटनामा राज्यका तर्फवाट चित्त बुझ्दो न्याय प्राप्त भएको छैन त्यसैले आजको सभ्य समाजलाई मात्र होईन सिंगो व्यवस्थालाई नै चुनौतिका रुपमा रहेका यस किसिमका निकृष्ट जघन्य अपराधीक घटनाहरु दोहोरिन नदिन नेपाल सरकारका तर्फवाट विशेष योजनाको घोषणा गर्न माननीय गृहमन्त्री ज्यू मार्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)