Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

185




जलजलाबासीलाई खुसीको खवर : औद्योगिक ग्राम स्थापनाको तयारी हुँदै
जलजलाबासीलाई खुसीको खवर : औद्योगिक ग्राम स्थापनाको तयारी हुँदै

जेठ १८, पर्वत पर्वतको जलजला गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको । गण्डकी प्रदेश सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने अभियान अन्तर्गत जलजलामा औद्योगिक ग्राम बनाउन थालिएको हो गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना सम्बन्धी नीतिगत निणर्य गर्न संघिय मन्त्रिपरिषदमा पठाएकोमा मन्त्रिपरिषद्ले गण्डकी प्रदेशमा जलजला गाउँपालिकालाई स्वीकृत दिएको हो यस अघि पर्वतको विहादी गाउँपालिका सहित ११ वटा औद्योगिक ग्राम वटा औद्योगिक क्षेत्रको स्थापना गर्न स्वीकृत गरे सँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बजेट तथा कार्यक्रम स्वीकृत भएपछि औद्योगिक ग्राम स्थापना हुने भएको हो औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु.९२ लाख रकम गण्डकी प्रदेश सरकारले रु। ५४ लाख गरी यो वर्ष रु।१ करोड ४६ लाख रुपैया आउने भएको यसका लागि जलजला गाउँपालिकाले आवश्यक डिपीआर तयार गरेपछि वर्षेनी बजेट बिनीयोजन हुने  

औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दुध, मह, चिया कफी, फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमुलक उद्योग निर्माण गर्ने उद्देश्य

प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उधोग तथा काठ, बेत बाँस जन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग, बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिने भएको

जलजला गाउँपालिकाले वडा नं। मा जग्गा छनौट तयारी अवस्थामा राखेको गाउँपालिका भित्र औद्योगिक ग्राम स्थापनाका लागि पर्याप्त जग्गा रहेकाले अब दुवै मन्त्रालयसँग सम्झौता गरेर आवश्यक प्रकृया अघि बढाईने जलजला गाउँपालिकाका सुचना अधिकारी लिलाधर सुवेदीले जानकारी दिनुभयो

जलजला गाउँपालिका विशेषगरी तरकारी, खाद्यान्न, फलफुल जडिबुटीका लागि सम्भावना युक्त भएकाले औद्योगिक ग्राममा यिनै विषयहरुलाई प्राथमिकता दिएर काम गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै आवश्यक पूर्वाधारको काम थालिने पनि बताउनुभयो

यो सँगै यस वर्ष पर्वतका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको काम शुरु हुने यस अघि विहादीले वडा नं। वर्राचौरमा जग्गा व्यवस्थापन गरेर पूर्वाधार निर्माणको काम शुरु गरेको

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)