Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

159




ब्लड क्यान्सर पिडितलाई अन्नपूर्ण सहकारीको सहयोग
ब्लड क्यान्सर पिडितलाई अन्नपूर्ण सहकारीको सहयोग

जेठ १६, पर्वत ।  ब्लड क्यान्सर भएपछि भारतमा उपचाररत पर्वतको कुस्मा नगरपालिका १० पिपलटारी स्थित बितलवका आसुतोस लामिछानेलाई कुस्मामा रहेको अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । उपचारमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएपछि परिवारलाई आर्थिक समस्या भएकाले उपचारमा राहत होस भन्ने हेतुले १० हजार रुपैयाँ आसुतोषकी आमा मन्जु लामिछानेलाई हस्तान्त्रण गरिएको सहकारीकी अध्यक्ष राधाकुमारी कुँवर क्षेत्रीले बताईन । 


१७ बर्षिय आसुतोषको भारतको हरियाना प्रान्त स्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । गत कात्र्तिक ७ मा  ज्वरो आएपछि पर्वत अस्पतालमा गरिएको रगत परीक्षणमा उनमा ब्लड क्यान्सरको लक्षण देखिएपछि पर्वत अस्पतालबाट उपचारका लागि सिभिल अस्पताल काठमाण्डौ लगिएको थियो । त्यहाँबाट पनि थप उपचारको लागि कात्र्तिक १७ गते भारत लगिएको थियो । आसुतोससँगै अस्पतालमा रहेका बुबा प्रताप लामिछानेले छोराको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको बताउँदै भारतमा सफल उपचार पाएको बताए । 


लामो समयसम्म महँगो मूल्यको थेरापी र औषधि चलाउनुपर्दा परिवार भने आर्थिक संकटमा परेको छ । उनको उपचारमा सघाउन बिभिन्न सहकारी, सामाजिक संघ संस्था, आमा समूह, यूवा समूहहरुले सक्दो आर्थिक सहयोग गर्दै आएका छन भने लकडाउनको अवधिपूर्व केही विद्यालयहरुमा रहेका जुनियर रेडक्रस सर्कल, नेपाल स्काउट तथा विद्यार्थीहरुको पहलमा आर्थिक संकलन अभियान पनि चलेका थिए । उपचाररत लामिछाने ईञ्जिनियरिङ क्षेत्रको पढाईको तयारीमा रहेका थिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)