Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

110




वन महासंघको २५ औं स्थापना दिवस मनाईँदै
वन महासंघको २५ औं स्थापना दिवस मनाईँदै

जेठ १६, पर्वत । सामुदायिक वनहरुको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २५ औं स्थापना दिवसको अवसरमा पर्वत जिल्ला शाखाले पनि विभिन्न कार्यक्रम गरि मनाउन सबै स्थानीय महासंघ तथा समूहहरुलाई आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण लकडाउन भै समुदाय स्तरमा कार्यक्रम गर्न असहज भएपनि रजत जयन्तीको अवसरमा घर घरमा दिपावली र सामुदायिक वन तथा खाली ठाउँमा बृक्षारोपण गरि मनाउन जिल्लाका सबै सामुदायिक वन समूहहरुलाई आग्रह गरेको छ । केन्दीय कार्यक्रम अनुसार भोली शुक्रबारदेखि तीन दिनसम्म आफू अनुकुल विविध कार्यक्रम गरी महासंघको २५ औं स्थापना दिवस मनाउन जिल्लाका ७ वटै स्थानीय महासंघ र सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरिएको महासंघका सचिब गणेश पौडेलले जानकारी दिनुभयो ।


वन महासंघले हरेक बर्ष जेठ १८ गते आफ्नो स्थापना दिवस मनाउने गर्दछ । सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय सचिवालयको निर्णय अनुसार जेठ १६, १७ र १८ गते वन महासंघको स्थापना दिवस मनाउने भएको हो । महासंघले “वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने मूल नारा बनाई सोही अनुसार स्थानीय महासंघ र वन समूहले स्थानीय रुपमा दिपावली गर्न, बृक्षारोपण गर्न तथा रचनात्मक कार्यक्रम गरी सो को जानकारी जिल्ला महासंघको सचिवालयमा गराउन समेत आग्रह गरिएको अध्यक्ष कबिता वि।कले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)