Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

1130




पर्वतका प्रहरी नायब उपरिक्षक अर्यालको सरुवा
पर्वतका प्रहरी नायब उपरिक्षक अर्यालको सरुवा

जेठ १६, पर्वत । झण्डै चौध महिनादेखि पर्वतमा कार्यरत प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको सरुवा भएको छ । बिहीवार प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायव उपरिक्षकको सरुवा गर्ने क्रममा पर्वतका अर्याललाई पनि सरुवा गरेको हो । उहाँंको सरुवा प्रहरी प्रधान कार्यालय साईवर व्यूरो कानुनी परामर्श काठमाडौंमा गरेको छ । पर्वतमा भने नयाँं प्रहरी प्रमूखको रुपमा विश्वराज अधिकारी आउनुहुने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा काठमाडौमा कार्यरत अधिकारीको पर्वतका सरुवा भएको हो ।

पर्वतका प्रहरी प्रमुख श्यामु अर्याल पर्वत जिल्लामा सरुवा भई आएको करिव १४ महिना पुरा भएको छ । उहांँको कार्यकाल पर्वतमा प्रभावकारी बनेको पाईएको छ पर्वतमा शान्ति सुरक्षा र अमनचयनमा उल्लेख्य काम भएका छन् । पर्वतको विपद व्यवस्थापन,लैगिंक हिंसा रोकथाम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतका ७ वटै स्थानीय पालिकामा निरन्तर सचेतनाका कार्यक्रम अगाडी वढाउनू भएको थियो । पर्वत जिल्लाका सरोकारवाला राजनैतिक दल,स्थानिय पालिका,नागरिक समाज,संचारकर्मीसंग राम्रो समन्वय गरि शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भुमिका निर्वाह गर्नु भएको थियो ।

नोवेल कोरोना सक्रमणलाई न्यूनिकरण गर्न अर्यालले राम्रो भूमिका खेलेको कारण बुधवार मात्रै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले उहाँलाई सम्मान गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)