फलेवासमा ६ सय लिटर मदिरा नष्ट
    4 months ago     213
फलेवासमा ६ सय लिटर मदिरा नष्ट




माधव पराजुली माघ ८ पर्वत -जिल्लाको फलेवास नगरपालीकावाट प्रहरीले ६ सय लिटर मदिरा वरामद गरेर नष्ट गरेको छ । सोमवार एकैदिन प्रहरीले छापा मारेर अवैध मदिरा फेला पारेको हो । फलेवास नगरपालीका ५ खानीगाउँ, ६ देविस्थान र ४ मुडिकुवावाट अवैध मदिरा वरामद गरि नष्ट गरिएको हो । 


स्थानिय जनप्रतिनिधिको रोहबरमा मदिरा नष्ट गरिएको छ । सामाजिक विकृति न्यूनिकरण कार्यक्रम सञ्चालन गरेको राहाले प्रहरी चौकीले अवैध मदिरा नष्ट गर्ने कार्यक्रम अन्तर्गत मदिरा वरामद गरि नष्ट गरेको चौकीका ईन्चार्ज माधव पन्तले जानकारी दिए । मदिरा सहित मदिरा वनाउन प्रयोग हुने ठुलो परिणामको कच्चापदार्थ ९मर्चा० समेत नियन्त्रणमा लिएर नष्ट गरिएको छ । मदिराका कारण सामाजिक विकृति वढेकाले नियन्त्रण थालिएको पन्तले वताए । 


मदिरा नियन्त्रणका लागि स्थानीय आमा समूह, महिला सन्जाल र नागरिक सचेतना केन्द्रको पनि सहयोग रहेको छ । प्रहरीको सहकार्यमा खानीगाउँका महिला समुहले मदिरा निषेधीत अभियान पनि चलाएका छन् । मदिरा उत्पादन र सेवनमा एक वर्षदेखि महिला समुहले रोक लगाउँदै आएको छ । तर नियन्त्रण भने हुन सकेको छैन । प्रहरी सहत अभियान चलाउँदा अभियान सफल हुने अपेक्षा लिइएको महिला सन्जालका सचिव सावित्रा सापकोटाले वताईन । घरेलु हिँसाको मुल कारण मदिरा रहेको कारण मदिरा नियन्त्रणमा अभियान चलाएको सापकोटाले वताईन । 


सम्बन्धित समाचार ( मुख्य खबर)