Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1070




अध्यक्ष गिरीको सहनिय काम : पर्वत जिल्ला अस्पतालमा विपद कोष स्थापना
अध्यक्ष गिरीको सहनिय काम : पर्वत जिल्ला अस्पतालमा विपद कोष स्थापना

जेठ , पर्वत रिफर अस्पतालको उपनाम पाएको जिल्ला अस्पताल पर्वतले सेवा विस्तार सँगै गरिव तथा विपन्न नागरिकको सहयोगर्थ कोष स्थापना गरेको अस्पतालले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारका लागि सहयोग पु¥याउने उद्धेश्यले तत्काललाई रु. लाख २० हजार, सय ५५ रुपैयाको विपद कोष स्थापना गरिएको हो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार समाजमा सवै नागरिकहरु स्वास्थ्य उपचारका लागि पैसा खर्च गर्न सक्ने अवस्थामा छैनन् कहिलेकाँही अस्पतालमा उपचारका लागि सामान्य खर्च गरेर  उपचार सेवा पनि लिन नसक्ने व्यक्तिहरुलाई मध्यनजर गर्दै उक्त कोष खडा गरिएको हो

 

पर्वत जिल्ला अस्पताल सरकारी भएकाले केहि तोकिएका सेवाहरु निशुल्क नै हुने भएपनि त्यो भन्दा वाहेकका सेवाहरु लिन असमर्थ भएको बेलामा उक्त कोषबाट सहयोग गरिनेछ बजार तथा गाउँमा वेवारिसे व्यक्तिहरु विरामी अवस्थामा भेटिएमा तिनीहरु स्थानीय जनप्रतिनिधि तथा प्रहरी मार्फत उपचारका लागि अस्पताल आईपुग्न सक्छन् त्यसैगरी असहाय, आपत विपदमा परेकाहरु थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा पनि उक्त कोषबाट सहयोग गर्न सकिने अध्यक्ष पहाडीले बताउनुभयो

 

समस्या बाध्यतामा परेकाहरुलाई राहत हुन सकोस, आर्थिक विपन्नताका कारण उपचार बाट कोहिपनि नागरिक बञ्चित हुन नपरोस भन्ने मनसायले वास्तविक असहाय विपदमा परेकाहरुलाई अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार सहयोग गर्न सकिने गरि पर्वत अस्पतालमा विपद कोष स्थापना गरिएको हो अध्यक्ष पहाडीले भन्नुभयो

 

अहिले दुई लाख बिस हजार पाँच सय पचपन्न रुपैयाबाट कोषको प्रारम्भ गरिएको यसमा आवश्यक सहयोग गर्नका लागि पर्वत अस्पतालले सवै सरोकारवालाहरुसँग अपिल समेत गरेको यो कोषबाट बास्तविक रुपमा समस्यामा परेकाहरुलाई राहत पुग्ने गरि पारदर्शि रुपमा परिचालन गरिने समेत अध्यक्ष पहाडीले प्रतिवद्धता जनाउनुभएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)