Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 days ago

498




पर्वत समाज यूएईद्धारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग
पर्वत समाज यूएईद्धारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

जेठ ८, पर्वत । ब्लड क्यान्सर रोगवाट पीडित पर्वतका एक युवालाई प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कुश्मा नगरपालिका१० पिपलटारीका १८ बर्षीया आसुतोष लामिछानेको उपचार सहयोगार्थ पर्वत सेवा समाज यूएईले  आर्थिक सहयोग गरेको हो । पर्वत सेवा समाज यूएईका महासचिव कमल लामिछानेको संयोजकत्व एवम् समाजका सल्लाहकार हरि लामिछाने र आजिवन सदस्य दिपक तिवारीको सक्रियतामा संकलित १ लाख ३० हजार ७ सय १ रुपैयाँ रकम आज हस्तान्तरण गरिएको छ ।


पीडितको उपचारर्थ संकलित रकम कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, समाजसेवी शोभाकान्त तिवारी र अर्का समाजसेवी हरी शर्मा लामिछानेले संयुक्त रुपमा ब्लड क्यान्सर रोगवाट पीडित युवाकी आमा मन्जु लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी एव्म उपप्रमुख लामिछानेले पीडितको उपचारका लागि प्रवासमा रहेका युवाहरुले गरेको सहयोग उदाहरणिय र प्रशासनिय भएको बताउनु भयो । उहाँले पर्वत सेवा समाज यूएईले जिल्लामा थुपै्र सहयोग गरेको बताउँदै दुःखमा पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नै मानवता भएको बताउनु भयो । उहाँले पीडितको उपचारका लागि आफुले पनि पहल गर्ने जिकिर गर्नुभयो । कार्यक्रममा पर्वत सेवा समाज यूएईका आजिवन सदस्य दामोदार लामिछानेले समाजका गतिविधीका वारेमा जानकारी गराउनु भएको थियो ।


कार्यक्रममा पीपलटारी रेडक्रस उपशाखाका सल्लाहकार हरिकृष्ण चापागाई र मन्जु लामिछाने लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रमको संचालन नारायण मावि कुश्माका शिक्षक समुन्द्र पौडेलले गर्नुभएको थियो ।


इन्जिनियरिङ्ग बढ्दै गएका आसुतोषलाई ७ महिना अघिदेखी बोनम्यारो क्यान्सर भएको परिवारले जनाएको छ । हाल भारतको दिल्ली स्थित मिदान्त अस्पतालमा उपचाररत आसुतोषको उपचारका लागि ७० लाख रुपैया लाग्ने अस्पताल श्रोतले जनाएको छ । उपचारका लागि ६० लाख भन्दा बढि रकम खर्च भईसकेको र थप रकम आवश्यक परेको आमा मन्जु लामिछानेले बताउनु भयो । छोराको उपचारका लागि रकम जुटाउन सके उपचारमा सहज हुने भएकाले सवै सहयोग गर्न अनुरोध गर्नुभएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)