Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 days ago

278




वडाअध्यक्ष राजकुमार क्षेत्रीको नमूना काम
वडाअध्यक्ष राजकुमार क्षेत्रीको नमूना काम

बैशाख , पर्वत पर्वतको कुश्मा नगरपालिका चुवामा वडाले जेष्ठ नागरिक विपन्न वर्गलाई औषधी वितरण गरेको जारी लकडाउनका कारण औषधी किन्न जान नपाएका नियमित औषधी सेवन गर्दै आएका ६० वर्ष भन्दा माथीका दिर्घरोगीहरु औषधी किन्न नसक्ने लाई घरमै पुगेर औषधी वितरण गरिएको हो

 

वडा कार्यालयले आफ्नो वडामा प्राप्त बजेट रकमान्तर गरि जनप्रतिनिधीहरुको प्रत्यक्ष निगरानीमा औषधी वितरण गरेको हो सोमवार ६ सय  ७८ जनालाई औषधी वितरण गरिएको चुवा स्वास्थ्य चौकीका सिनियर अहेव गोपाल आचार्यले जानकारी दिनुभयो उहाँले विरामीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको जानकारी दिनुभयो नियमित रुपमा औषधी सेवन गर्दै आएका विरामीहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिइर्एको उनीहरुको अवस्था सामान्य रहेको आचार्यले बताउनुभयो

 

वडाध्यक्ष राजकुमार क्षेत्री सहित वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधी, स्वास्थ्यकर्मीहरुले घरदैलोमा पुगेर समस्यामा परेका नागरिकहरुको अवस्थाबारे जानकारी लिएका छन् वडाध्यक्ष क्षेत्रीले लकडाउनका कारण विरामीहरुलाई निकै समस्या भएको महसुस गरि निशुल्क रुपमा औषधी वितरण गर्दा जेष्ठ नागरिकहरुले राहातको महसुस गरेको बताउनुभएको

 

वडाले घरघरै पुगेर संकलन गरेको विवरण अनुसार औषधी वितरण भैरहेको आज वितरण गर्न नसकेकाहरुलाई भोली पर्सी पनि वितरण गर्ने क्षेत्रीले बताउनुभयो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)