Author
Kamal Regmee
Kamal Regmee

Contributor, ParbatNepal

1 month ago

121




कोरानाको डर अनि त्रासले निन्द्रा नै लाग्दैन
कोरानाको डर अनि त्रासले निन्द्रा नै लाग्दैन

कमल रेग्मी हाल दोहा कतार । पैसा कमाउने, घर परिवार पाल्ने सुखी र खुसी हुने । अझ भनाैं गाउँको पहाडबाट सहरमा सर्ने अनि सहरमै घर बनाउने । परदेश लाग्दै गर्दा सबैको मनमा यस्तै यस्तै सपना हुन्छन्  । त्यही ठूलो सपना बोकेर म पनि कतार आएर  कतारको पाईप कम्पनीमा  काम गर्दैछु । तर अहिलेको परिस्थिती हेर्दा लाग्छ, पैसा कसका लागि कमाउनु ? के को लागि कमाउनु ? आखिर जिन्दगीभन्दा ठूलो पैसा होइन रहेछ ।


सायद यस्तै लागेको होला अरु परदेशीलाई पनि ।तर मर्नुअघि नै खुट्टा तान्न हुँदैन भन्थे बुढापाकाले । हो रहेछ । काम गर्नैपर्छ ।आफ्नो र परिवारको लागि परदेशी भूमिमा पसिना बगाईरहेको छु ।कतार भनेको नियम कानुन राम्रो भएको देश हो । यहाँ सुरक्षा छ । केही भइहाल्यो भने पनि उपचार पाउन सजिलो छ ।तर पनि किन किन परदेशमा असुरक्षित महसुश हुन थालेको छ ।त्यसैले कुनबेला को र कस्तो मानिससँग नजिक भइन्छ के थाहा ? यस्तै कारणले गर्दा म र मेरा साथीहरुलाई हिजोआज डर लाग्न थालेको छ । तर पनि आत्मबल बलियो बनाएर काम गरिरहेको छु । घर फर्कने वातावरण पनि त छैन । अझ भनौं, कम्पनीले राख्ने क्याम्पको सुरक्षा त झनै फितलो छ । गाडी, ट्वाइलेट, बाथरुम, किचेन आदि इत्यादि । फरक फरक काम गर्ने ठाउँबाट एकैपटक क्याम्पमा आयो ।


अहिलेको कतारको अवस्था हेर्दा  त झन् मनमा  एक किसिमको डरले  बास गरेको छ । दिनहुँ कोरोना सङ्क्रमित संख्या बढिरहँदा यहाँको व्यपासर व्यवसाय सबै ठप्प नै छ । हरेक क्षेत्रमा नराम्रोसँग असर पार्न थालेको छ । झन् श्रमिकलाई घर पठाइदिने, तलब नदिनेजस्ता खबरहरु पढ्दा असाध्यै बेचैनी हुन्छ । म पनि बेरोजगारी हुने पो हुँ कि ? भइरहेको जागिर जाने पो हो कि ? यस्तै प्रश्नले निद्रा लाग्न छाडेको छ । कोरोनाको डर त्यति छैन, जति यस्तै कुराको चिन्ता छ ।कतारको जागिर गएमा भोलि  नेपाल फर्किए र के गर्ने ? कस्तो अवस्था हुने होला ? जीविकोपार्जनको लागि  के काम गर्ने होला ? जागिर हुँदैन, आम्दानीको श्रोत हुँदैन कसरी जीवन चलाउने ?  यो सब कुराहरु हरदम दिमागमा नाचिरहन्छ ।


आफ्नो परिवार र भबिस्यको लागि  दिन रात नभनी मेहनत, परिश्रम गरेर जसोतसो आफ्नो जीवनस्तरमा परिवर्तन ल्याउने प्रयास गर्ने क्रममा छु । तर अचानक कोरोनाले धेरै असर  पुर्‍याएको छ । मन मा अनेक कुराहरु खेलिरहन्छ डर चिन्ता त्रास बढिरहेको छ।अर्को तिर साहुको ऋण  को चिन्ता छ भोलि गएर यहि कोरोनाको महामारिले गर्दा नेपाल फर्किनु परे के गर्नी कसो गर्नी भन्ने चिन्ताले न त निद्रा लाग्छ न त भोक।

NA
सम्बन्धित समाचार (जिल्ला )