जग्गादाता भन्छन–‘स्वास्थ्यचौकीको भवन कहिले वन्छ’?
    7 months ago     164
जग्गादाता भन्छन–‘स्वास्थ्यचौकीको भवन कहिले वन्छ’?


माघ ५ पर्वत- गाउँमा स्वास्थ्यचौकी वनेपछि उपचारमा सहज हुने अपेक्षा पुरा नहुँदा विहादी गाउँपालिका १ वाच्छागाउँका वासिन्दा निराश छन् । भवन निर्माणका लागि जग्गादान गरेको चार वर्ष भैसक्यो । गाउ“मै स्वास्थ्यचौकी वन्ने प्रक्रिया शुरु भएपछि स्थानीय नेत्रबहादुर गुरुङ, रमेश गुरुङ, दिलिपसिँह गुरुङ, मेखबहादुर गुरुङ, रत्नबहादुर गुरुङ,  लिला गुरुङ, भुपेन्द्र गुरुङ, सुरेस गुरुङ, भुवनसिँह गुरुङ, रामप्रसाद गुरुङ, भिमप्रसाद गुरुङ, मानसिंह गुरुङ र मनबहादुर गुरुङले आफ्नो मुख्य पुख्र्यौली जमिन २०७१ फागुनमा स्वास्थ्यचौकीका नाममा दान गरेका थिए । जग्गाको लालपुर्जा स्वास्थ्य चौकीका नाममा दिएपनि सरकारले वजेट नदिँदा स्थानीयको सपना अधुरो रहेको छ । 


सरकारले २०७१ पुष १९ गते सबै गाविसका उप–स्वास्थ्यचौकीहरुलाई स्तरोन्नती गरि आधुनिक भवन, मेडिकल अधिकृत र प्रसुति सेवा सहितको स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । सरकारी निर्णय अनुसार तोकिएका सेवाका लागि भवन नभएका स्वास्थ्यचौकीमा सोहि वर्ष भवन निर्माण पनि थालिने पनि सरकारी निर्णय थियो । त्यसका लािग कम्तिमा पा“च रोपनी जग्गा स्थानीयले निःशुल्क उपलव्ध गराउनुपर्ने प्रावधान थियो । 


तोकिएको मापदण्ड भन्दा बढी जग्गा उपलव्ध भएर सरकार संग वजेट माग भएपनि अहिले सम्म वजेट नआएको वडाध्यक्ष हेमनाथ आचार्यले वताए । ‘वजेट आयो आयो भनेको पनि ३ वर्ष भयो,उनले भने,‘अहिलेसम्म वजेट आएको छैन ।’ वडाको तर्फवाट दवाव दिईरहे पनि सरकारले नसुनेको उनले वताए । 


गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी छैनन् । त्यसो हुँदा स्वास्थ्यका लागि जोखिमको यात्रा र महँगो शुल्क तिरेर सदरमुकाम आउजाउ गर्न बाध्य छन् स्थानीय । ‘पोहोर सुत्केरी हु“दा पोखरा गएर आउ“दा मात्रै ५० हजार सकियो,’ स्थानीय शुशिला क्षेत्रीले भनिन्, ‘यहि“ भएको भए पैसा लाग्ने थिएन ।’ गतवर्ष मात्रै उनिजस्ता करिव ६० जना महिलाले सदरमुकाम र पोखरा पुगेर सुत्केरी हुनुप¥यो ।


जग्गा भए भवन निर्माण हुने आश्वासनपछि ‘पहिला जग्गा भए भवन बनिहाल्छ भन्ने खबर आयो,’ स्थानीय खेम गुरुङले भने, ‘जग्गा पास गरेपछि अहिलेसम्म दर्जनौंपटक जिल्ला अस्पताल हु“दै माथिसम्म गयौं । कतैबाट काम भएन ।’ भवन बने स्थानीय बुढाबुढी, केटाकेटी र सुत्केरी महिलाको उपचार सहज हुने उनले बताए । 


स्वासथ्चौकीको पुरानो भवनमा पानी चुहिएर वर्षाका बेला महत्वपुर्ण औषधी जोगाउन समस्या छ । ‘वर्षाका बेला ढुवानी समस्या हुन्छ । हिउ“दका बेला टेण्डर प्रकृयामै रहेको भन्दै जिल्लाले औषधी पठाउ“दैन । सरकारले ३५ प्रकारका औषधी निःशुल्क भन्छ । हामीले दुइ–चार प्रकारका पनि दिन सक्दैनौं ।’ स्वास्थ्यचौकी ईन्जार्ज खेम कोइरालाले भने ।