दूर्गममा स्वास्थ्यचौकी भवन वन्दै
    2 months ago     105
दूर्गममा स्वास्थ्यचौकी भवन वन्दै



रोशन तिवारी माघ ५ पर्वत - जिल्लाको जलजला गाउँपालिका १ को वाँसखर्कमा स्वास्थ्यचौकीको भवन वन्ने भएको छ । सुविधा सम्पन्न उपचार सेवा दिने उद्धेश्यका साथ स्वास्थ्यचौकी निर्माण हुन लागेको हो । स्वास्थ्य मन्त्रालयको ५ करोड ५० लाखको लागतमा उक्त स्वास्थ्यचौकी निर्माण हुन लागेको वताइएको छ । आधारभूत स्वास्थ्यसेवाको पहुँचवाट टाढा र भौगोलिक विकटताका कारण सेवा वाट वञ्चित भएका नागरिकलाई सेवा दिने गरि स्वास्थ्यचौकी भवनको निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष चन्द्रवहादुर गर्वुजाले वताए । ‘अहिले भवनको स्टिमेट वनिसकेको छैन,’गर्वुजाले भने,‘भवन कत्रो र कस्तो बनाउने भन्ने कुरा डिजाईन बनेर आएपछि भन्न सकिएला । 

दुई वर्षभित्र वनाएर सक्ने भन्ने लक्ष्य रहेको उनले जनाए । अहिले शिलन्यास गरेर जग्गा सम्याउने काम भैरहेको छ । सुविधा सम्पन्न कोठासहित नयाँ बन्ने भवनवाट ओपिडी सेवा, सामान्य शल्यक्रिया सेवा,वर्थिङ सेण्टर, परिवार नियोजनका सवै सेवा,क्षयरोगको औषधी वितरण सेवा दिने गरि भवन निर्माणको काम हुन लागेको वडाध्यक्ष तुलसीराम रेग्मीले वताए । उनले भने,‘कम्तीमा एक जना एमविविएस डाकटर यहाँ रहेर सेवा दिने गरि संरचना तयार हुन्छ । ’सामान्य रुघाखोकी, ज्वरो र झाडापखला वाहेक अनय विमार भएमा छिमेकी म्याग्दीको वेनीवजार लैजानुपर्ने वाध्यता रहेको छ । स्वास्थ्यचौकीले वजार जानुपर्ने वाध्यता हटाउने गरि सेवा विस्तार गर्ने रेग्मीले वताए ।