निवर्तमान सांसद जोशीद्वारा आफुले सुरु गरेका योजनाहरुको निरिक्षण
    6 days ago     15
निवर्तमान सांसद जोशीद्वारा आफुले सुरु गरेका योजनाहरुको निरिक्षण

पुस २७ पर्वत  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले आफुले शुरु गरेका योजनाहरुको निरिक्षण गरेका छन् । बुधबार कुश्मादेखि जलजला गाउँपालिकाको बगरफाँटसम्मको मुख्य निर्माणाधिन योजनाहरुको निरिक्षण गरेका हुन । आफ्नो पहल र सक्रियतामा निर्माण भइरहेका मुख्य योजनाहरुको कामको प्रगति र अवस्थाका बारेमा स्थलगत अवलोकन गरेर नेता जोशीले जानकारी लिएका हुन । विशेषगरी जोशीले जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ मा पर्ने कालीगण्डकी नदीमा तटबन्ध निर्माणको अवस्थाको चासो लिदै जोशीले बगरफाँट, वारीबेनी, लामाखेत, मिलनचोकबस्ती संरक्षणका लागि आफुले प्राथमिकता दिएको बताए ।

‘०५७÷०५८ सालताका झण्डै÷झण्डै म्याग्दीको बेनीबजार र पर्वतको वारीबेनी नदीले बगाउने अवस्थामा पु¥याएको थियो, त्यो समयमा मैले २० लाख रुपैयाँ बिनियोजन गराएको थिए, त्यसपछि बर्षेनी बजेट बिनियोजन भएपनि काम सोचेअनुसार भएको थिएन’ उनले भने–‘गतबर्षदेखि बगरफाँटदेखि वारीबेनी, लामाखेत, मिलनचोकसहित कालीगण्डकी किनारका बस्ती जोगाउन मझौला योजनामा पारेर सरकारको उच्च प्राथमिकतामा पार्न सफल भए ।’ उनले गतबर्ष एक करोड आएपनि विविध कारणले काम नभएपनि यसबर्ष दु्रतस्तरमा काम भइरहेको जानकारी दिए । ‘चालु आर्थिक बर्षमा कालीगण्डकी नदी नियन्त्रणका लागि तीन करोड परेको छ, आगामी बर्ष सातदेखि १० करोड बजेट आउनेछ’ उनले भने ।

चालु आर्थिक बर्षको बजेटले बगरफाँट, वारीबेनीमा पक्की वाल निर्माण भइरहेको छ । त्यसैगरी लामाखेत र मिलनचोकक्षेत्रमा तारजाली लगाउने क्रम तिब्र भएको छ । अघिल्लो बर्ष म्याग्दीको भगवतीमा नदी थुनिएर खोलिदा पर्वतको वारीबेनीका दर्जनै घरमा नदी पसेको थियो । कालीगण्डकी नदीको ब्यवस्थापन नहुदा जुनसुकै बेला कालीगण्डकी नदी थुनिएर म्याग्दीको बेनीबजारसँगै पर्वतको बगरफाँट, वारीबेनी, मिलनचोकलगायतका क्षेत्र खतरामा छन् । निवर्तमान सांसद जोशीले निरन्तर रुपमा बजेट आउने र केही बर्षभित्रै तटबन्धको काम पुरा हुने बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), जलजला–३ का अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रबि) जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले निवर्तमान सांसद जोशीले बस्ती जोगाउनका लागि मझौला आयोजनामा पारेर निकै राम्रो काम गरेको बताए । ‘अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकामा सानादेखि ठुलासम्म धेरै योजना भित्राउनुभएको छ, त्यसका लागि हामी खुशी छौ’ वडा अध्यक्ष भिष्म मल्लले भने । यसैगरी बगरफाँट, वारीबेनी, लामाखेत, मिलनचोकका बासिन्दाले आफुहरुको मुख्य समस्या भनेकै नदी नियन्त्रण भएकोले जोशीले प्राथमिकता दिएर मझौला योजनामा पारिदिएकोमा धन्यबाद दिए ।

यसैगरी नेता जोशीले वारीबेनी खानेपानी योजना, वारीबेनी–मल्लाज जाने सडक, सहस्रधारा–पाङ सडक, घुम्ती–लामपाटा सडक, निर्माणाधिन घुम्ती–लामपाटा पक्की पुललगायतको पनि निरिक्षण गरेर जानकारी लिएका छन् । जोशीले आफुले सुरु गरेका योजनालाई आफु पदमा नभएपनि पुरा गरेरै छाड्ने बताए ।

sarathinews.com