पर्वतको राम्जामा जीप र्दुघटनामा चार घाइते
    5 months ago     113
पर्वतको राम्जामा जीप र्दुघटनामा चार घाइते

पुष २६ पर्वत-


       पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीमा बुधबार साँझ जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन । राम्जा देउरालीबाट डिमुवा तर्फ आउँदै गरेको ग १ज ६०८१ नम्बरको जीप साँझ राम्जाको ठुलीपोखरी भन्ने ठाउँमा दुर्घटना भएको हो ।


दुर्घटनामा परि कास्कीको भाचोक घर भएका जीपका सहचालक २२ बर्षिय बिद्ये नेपाली , मोदी गाउँपालिका  ६ दराकका २०  बर्षिय आबिस्कार गिरी, मोदी गाउँपालिका ८ चित्रेका ६ बर्षिया बिजय नेपाली रहेका छन । घाइते मध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)