१५ करोड लगानीमा बञ्जिजम्प बन्दै
    8 months ago     120
१५ करोड लगानीमा बञ्जिजम्प बन्दै


रोशन तिवारी पुष २५ पर्वत -

पर्वतका केहि युवाहरुले १५ करोडको लगानीमा मुलुककै नमुना बञ्जि जम्प निर्माण थालेका छन् । जिल्ला सदरमुकाम कुश्मा र बाग्लुङ जोड्नेगरि ५१५ मिटर लामो र २२८ मिटर उचाईकोे झोलुङ्गे पुलसहित कालीगण्डकीको खो“चमा नमुना बञ्जिजम्प निर्माण अन्तिम चरणमा पुगेको छ ।

अघिल्लो बैसाखमा थालेको बञ्जिको करिव ७० प्रतिशत सकिएको लगानीकर्ताहरुले बताएका छन् । बञ्जि जम्पसंगै उनिहरुले स्काई साइक्लिङ, स्वीङ र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् । ‘विश्वकै अग्लो बञ्जि चाइनामा रहेछ,’ प्रमुख लगानीकर्ता राजु कार्कीले भने, ‘स्काई साइक्लिङ र स्वीङमा हामी वर्लड् टलरेष्ट हो ।’

‘द क्लिफ प्राली’ नामक कम्पनीमार्फत लगानी गरेका उनिहरुले जिल्लालाई साहसिक पर्यटकको ‘हव’ बनाइने दाबी गरेका छन् । वञ्जिको काम अवको ६ महिनामा सकिने जनाइएको छ । एक वर्षको अवधिमा दुर्व तर्फ बेस निर्माण भैसकेको छ । स्काई साईकिलिङका लागि संरचना तयार भएको छ । मुख्य लठा तान्ने काम एक साताभित्र सक्ने लक्ष्य रहेको लगानीकर्ता नेत्र पराजुलीले बताए । ‘लगानीबाट मुनाफा भन्दा हामीले जिल्लाई चिनाउन खोजेको हो,’ पराजुलीले भने, ‘लगानी गरेपछि प्रतिफलको अपेक्षा त नहुने कुरै भएन ।’ उनिहरुले यो कम्पनीमार्फत बञ्जि, स्कँई साइक्लिङ र स्वीङमा मात्रै ६० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । ‘हाम्रा अधिकांस ग्राहक नेपाली नै हुन्’ कार्कीले भने, ‘विश्वभरका साहसिक पर्यटकलाई यहा“को पहिचान गराउन सके हामी सफल हुन्छौं ।’ बञ्जिको क्षमता दैनिक २०० जनाको छ । झोलुङ्गे पुलबाट एकपटकमा ६०० जनासम्म वारपार गर्न मिल्छ ।

‘त्यहाँ एडभेन्चर स्टाईलको रिसोर्ट र स्विमिङ पुल बन्छ ।’ लगानीकर्ता राजन जोशीले भने । लगानीकर्ताहरुले बलेवावाट मुलावारी सम्म टे«किङ रुटको खोजी पनि गरिरहेका छन् । यहाँ आउने पर्यटकहरुलाई कम्तिमा ३ दिन सम्म टे«किङको व्यवस्था गर्ने लक्ष्य रहेको बताइएको छ । पोखरा वाट नजिकै र मुस्ताङको प्रवेशद्धार भएकाले यहाँको वञ्जिमा पर्यटकहरुको ओईरो लाग्ने अनुमान लगानीकर्ताहरुको छ । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सञ्चालन भैसकेकाले यहाँ भारतको वाटो हुँदै पनि पर्यटक आउने अपेक्षा छ ।