राजेन्द्रवहादुर क्षेत्रीद्धारा यूवा समितिमा पदभार ग्रहण
रोशन तिवारी     1 week ago     97
राजेन्द्रवहादुर क्षेत्रीद्धारा यूवा समितिमा पदभार ग्रहण


रोशन तिवारी पुष २४ पर्वत -

युवा समिती पर्वतमा प्रमुखको रुपमा राजेन्द्रवहादुर क्षेत्रीले आज पदभार ग्रहण गर्नुभएको छ । हालै मन्त्रीपरिषदको निर्णय अनुसार कार्यालय प्रमुखको रुपमा मनोनित क्षेत्रीले पदभार ग्रहण गर्नुभएको हो । 


विगत केहि वर्षदेखि जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत रहेर सेवा गर्नुभएका क्षेत्री स्थानीय तहको कर्मचारी समायोजनको क्रममा कुश्मानगरपालिकाको शिक्षा शाखा प्रमुखमा नियुक्त हुनुभएको थियो । दुई महिनाजती नगरपालिकामा कार्य गर्नुभएका क्षेत्री हिजो मात्रै यूवा परिषदको कार्यालयमा पदवहाली हुनुभएको हो । 


क्षेत्रीको स्वागत संगै यसअघि कार्यालय प्रमुख रहेका उदिमराज पौडेललाई बिदाई गरीएको छ । युवा समिती पर्वतको प्रम्ुखको रुपमा ५ दिन अगाडी नियुक्त गरिएको थियो । युवा समिती पर्वतका अध्यक्ष राजिव लामिछानेले आज एक कार्यक्रमको आयोजना गरेर क्षेत्रीको स्वागत र पौडेलको हार्दिकता सहित विदाई गर्नुभयो । बिदाई हुँदै युवा समिती पर्वतमा केही समय प्रमुख रहेका पौडेलले आजै पदस्थापन गरेका यू्वा समिती पर्वतका कार्यालय प्रमुख क्षेत्रीलाई बधाई–शुभकामना सहित कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 


यसैबिच युवा समिती पर्वतमा आफ्नो कार्यकाल समालन आएका राजेन्द्र बहादुर क्षेत्रीले शुभकामना दिने सवैलाई धन्यवाद दिदै आफुले कार्यकालमा सवैसंग समन्यव गरेर काम गर्ने वताउनुभयो । आफुले अवको एकहप्ता भित्र आवधिक योजना वनाएर यूवाहरुको पक्षमा काम गर्ने वताउनुभयो । जिल्लामा यूवाहरुको उचित मागहरुलाई सम्बोधन गर्ने वारेमा कुनै भेदभाव नगर्ने र योग्यताको मापन गरि यूवाहरुलाई समृद्ध वनाउने कार्यमा ध्यान दिने क्षेत्रीले वताउनुभयो ।