पर्वत सेवा समाज यूकेले लोकगायक गुरुङको विदाई
    5 months ago     431
पर्वत सेवा समाज यूकेले लोकगायक गुरुङको विदाई

रोशन तिवारी पुष २४ पर्वत -

ल्होसारका लागि यूके पुग्नुभएका लोकगायक धनवहादुर गुरुङलाई पर्वत सेवा समाज यूकेले सोमवार एक कार्यक्रमका वीच विदाई गरेको छ । यूकेका विभिन्न साँगीतिक कार्यक्रममा सहभागी हुन पुगेका गायक गुरुङलाई समाजले विदाई गरेको हो । ल्होसारको अवसरमा यूकेमा साँगितिक कार्यक्रम भएको थियो । 

पर्वतको वनपाखा र भन्ज्याङचौतारीका सुसेलीहरु गाउँदै लोकसंस्कृतिको जगेर्ना गर्दै आएका गुरुङलाई विदाई गर्दै पर्वत सेवा समाजका अध्यक्ष दधी आचार्य, र अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले लोकसंस्कृतीको रक्षामा लाग्ने काममा उहाँको योगदान महत्वपूर्ण रहेको वताउनुभयो । विदेशमा रहेर पनि पर्वतको लोकलयको रक्षामा अन्तराष्ट्रि«य पर्वत समाज लागिरहने अध्यक्ष आचार्य र गिरीले वताउनुभयो । पर्वतको सित्लेका गुरुङलाई खादा लगाएर सम्मान साथ विदाई गरिएको हो ।

गायक गुरुङले विदेशमा रहेर पनि पर्वतवासीहरुले सामाजिक अभियान, संस्कृतिको रक्षा, देशको विकासमा रचनात्मक कार्यहरु गर्दै आएकोमा खुशी लागेको वताउनुभयो । आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुले आयोजना गरेर लोकसंस्कृतिको जगेर्नामा लाग्न अन्तराष्ट्रिय सेवा समाजलाई आग्रह गर्नुभयो । 

पर्वत सेवा समाजका अध्यक्ष दधी आचार्यले गायक गुरुङलाई मायाको चिनो प्रदान गर्नुभयो । आचार्यले आउदो अप्रिल २१ मा नयाँ वर्षको खुशीयालीमा भव्य रुपमा सम्पन्न गर्न लागिएकाले सहयोग गर्न आग्रह गर्नुभयो । अन्तराष्ट्रिय समाज पर्वतका अध्यक्ष पुरन गिरीले पर्वतका कलाकारलाई पर्वतवासीहरुले सम्मान गर्न पाउँदा गर्वको महसुस भएको वताउनुभयो । पर्वत सेवा समाजका सल्लाहकार एवं भूपू महासचिव यूवन गुरुङले पर्वत समाजले गर्ने परोपकारी कार्याहरुको वारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष एकवहादुर पुनले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव भरत पौडेलले सञ्चालन गर्नुभएको थियो । 

 

सम्बन्धित समाचार (जिल्ला )