साँसद गिरीको विश्वास ‘अव पर्वत समृद्ध वन्छ’
रोशन तिवारी     1 week ago     28
साँसद गिरीको विश्वास ‘अव पर्वत समृद्ध वन्छ’

पुष २२ पर्वत -

कुर्घा सेवा समाज काठमाण्डौ सम्पर्क समितिको आयोजनामा राजधानीमा नवनिर्वाचित साँसदहरुलाई सम्मान गरिएको छ । पर्वत जिल्लावाट निर्वाचित तिनै जना साँसदलाई सम्मान गर्ने कार्यक्रम रहेपनि प्रतिनिधी सभाका साँसद पदम गिरी मात्रै सहभागी भएपछि उहाँको मात्रै सम्मान गरिएको छ । 

साँसद नेत्रनाथ अधिकारी र विकास लम्साल जिल्लामै स्वागत र वधाई कार्यक्रममा सहभागी भएकाले उहाँहरुको उपस्थिती रहेन । आयोजकले एक कार्यक्रमको आयोजना गरि साँसद गिरीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मान कार्यक्रममा कुर्घा समाज काठमाण्डौका पदाधिकारी र पर्वतवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

सम्मान कार्यक्रममा वोल्दै साँसद गिरीले जिल्लावासीहरुले दिएको एक एक मतको आफुले उचित मुल्याङकन गर्दै जिल्लावासीहरको विकासमा लागिरहने वताउनुभयो । उहाँले मतको साटो समृद्धि फिर्ता गर्ने दृढ संकल्प रहेको वताउनुभयो । गिरीले पर्वत जिल्ला विकासमा पछाडी पर्नुका कारण खोजी गरि पाकापुस्ताको विचार र यूवाहरुको भिजनलाई लिएर आफु जिल्लाको असल सेवक वन्ने उद्घोष गर्नुभएको छ । सबैलाई समेटेर अगाडी वढ्ने उहाँको उद्घोष रहेको छ । जिल्लालाई दिर्घकालिन फाइृदा हुने काम गर्ने संकल्प रहेको साँसद गिरीको भनाई छ ।  

कुर्घा कुर्घा सेवा समाज काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष ओमशर्मा चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव दिपेन्द्र पौडेलले गर्नुभएको थियो । उक्त अवसरमा राजधानीमा विभिन्न पेशा व्यवसाय,अध्ययन लगायतको शिलशिलामा पुगेका जिल्लावासीहरुले साँसद गिरीको स्वागत गर्दै जिल्लाको विकासमा सहकार्य गर्न सुझाएका थिए ।