स्वास्थ्य संस्थालाई उपकरण सहयोग
admin     2 weeks ago     57
स्वास्थ्य संस्थालाई उपकरण सहयोग


पुष २१ पर्वत -

ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले पर्वतको भुकताङले स्वास्थ्यचौकीलाई विभिन्न स्वास्थ्य संग सम्वन्धित उपकरण प्रदान गरिएको छ । जिल्लामा सञ्चालित गुड नेवर्स ईन्टरनेशनल नेपालद्धारा सञ्चालित पर्वत सामुदायिक विकास केन्द्रको आर्थिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र कुश्माद्धारा मोदी गाउँपालिका १ मा रहेको भूकताङले स्वास्थ्यचौकीलाई सामाग्री वितरण गरिएको हो । 

संस्थाले ३ वटा वजन मेशिन, गाउँघर क्लिनिक र स्वास्थ्य एकाईको लागि एक एक वटा वजन मेसिन वितरण गरिएको छ । त्यस्तै वच्चाको वजन नाप्ने वेवी वजन मेशिन स्वास्थ्य संस्थालाई १, सामुदायिक स्वास्थ्य एकाईलार्ई १ र गाउँघर क्लिनिकलाई २ वटा वितरण गरिएको छ । यसैगरि संस्थाले विपी सेट २ वटा, अटो सेट एउटा ,अटो क्लेप ईलोक्ट्रोनिक एउटा वितरण गरिएको छ । थर्मोमिटर १४ वटा वितरण गरिएको छ । 

सुचर सेट एउटा,कस्टम मेशिन डवल फन्कशनको एउटा र डेलिभरी सेट एउटा वितरण गरिएको हो । स्वास्थ्य संस्थालाई १६ किसीमका स्वास्थ्य सम्वन्धी उपकारण वितरण गरिएको नवचेतना सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक टिका जिसीले जानकारी दिनुभयो । नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष केशवदास वैरागीले ति सामाग्रीहरु स्वास्च्यचौकी प्रमुख सिर्जना शर्मा र वडाध्यक्ष गौप्रसाद गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो । 

नवचेतना सामुदायिक विकास केन्द्रले गुड नेवर्स ईन्टरनेशन नेपालको सहकार्यमा स्वास्थ्यको क्षेत्रमा परियोजना सञ्चालन गरिरहेको छ । गतवर्ष देखि यो कार्यक्रम पर्वतमा सञ्चालनमा रहेको छ । विशेष गरि यो संस्थाले स्वास्थ्य संस्थाहरुलाई उपकरण सहयोग गर्दै आएको छ ।