सहकारीले दियो विद्यालयलाई सामाग्री
    5 months ago     91
सहकारीले दियो विद्यालयलाई सामाग्री


पुष १९ पर्वत -

सहकारी स्थापना भएको ११ बर्ष पुगेको उपलक्ष्यमा पर्वतको एक सहकारीले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लाको जलजला गाउँपालिका वडा न २ माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले सोहि स्थानको विन्ध्यवासिनी आधारभूत विद्यालयका लागि शैक्षिक सामाग्री वितरण गरेको हो । 

स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा सक्रिय बनेको सहकारीले विद्यालयका २१ जना विद्यार्थीहरुका लागि स्कूल ब्याग र शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले आम्दानी र नाफामूलक संस्थाको रुपमा मात्र समाजले सहकारी संस्थाहरुलाई लिने प्रचलनको अन्त्य गर्दै सहकारीलाई सेवामूखी बनाउन खोजिएको बताए । 

विद्यालयका जेहेन्दार र विपन्न परिवारलाई सहयोग स्वरुप सामाग्री प्रदान गरिएको अधिकारीको भनाई थियो । कार्यक्रमका सहकारीका उपाध्यक्ष हिराबहादुर जिसी, कोषाध्यक्ष रामचन्द्र कार्की, सहकारीका प्रवन्धक प्रेमबहादुर भण्डारीले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रअ गुप्तबहादुर जिसी र सञ्चालन शिक्षक डम्मरबहादृुर जिसीले गरेका थिए ।