Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1328




दराक तिलहार खानेपानी योजना निर्माण शुरु
दराक तिलहार खानेपानी योजना निर्माण शुरु

पर्वतपर्वतको मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ ।

मोदी गाउँपालिका वडा नं ६ मा पर्ने साविकको तिलहार गाबिसको ठुलो भूभाग र वडा नं ८ साविकको चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पु¥याउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको हो । खानेपानी योजनाको बुधबार पर्वतबाट निर्वा्चित प्रतिनिधीसभाका सदस्य पदम गिरीले शिलन्यास गर्नुभयो ।

शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले चार बर्षभित्रमा पर्वत जिल्लालाई मुलुकमै पहिलो स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम भैरहेको बताउनुभयो । अहिले निर्माणधिन योजनाहरु समयमा सम्पन्न गर्ने, मर्मत गरेर पुग्ने योजनाहरु मर्मत गर्ने तथा आवश्यक थप योजनाहरु समेत यस अवधीमै सकेर स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

खानेपानी तथा सरसफाई डिभीजन बागलुङ्गले झण्डै ३ करोडको लागतमा खानेपानी योजना निर्माण शुरु गरेको जनाएको छ । खानेपानी योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३ सय ४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभीजन प्रमुख प्रेम डोटेलले बताउनुभयो । यस बाहेक नवजागृत माध्यामिक बिद्यालयमा समेत खानेपानी योजना निर्माण गरिनेछ । योजनाबाट मोदी ८ को ओडारे, मोदी ७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपुर्ति हुनेछ । डिभीजनकी इन्जिनियर संगिता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरि योजना समयमा सम्पन्न सहयोग गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका सदस्य नन्दलाल सुबेदीले तिलहारमा रहेको खानेपानीको समस्या समाधान गर्न योजना महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो । तिलहार गाबिस वडा नं ६ का अध्यक्ष बिमल लामिछानेले चुनाबमा हरेक घरमा एउटा खानेपानीको धारा पु¥याउने प्रतिबद्धता गरे अनुसार प्रदेश सरकारबाट यस बर्ष ५० लाख बिनियोजन गरि काम शुरु भएको र सबैस्किमका लागि बजेट ब्यबस्थापन गरिने जानकारी दिनुभयो ।

वडा नं ८ का अध्यक्ष सुकबहादुर गुरुङ्गले धेरै वटा स्किम एकैपटक शुरु गर्ने तर बजेट अभाब हुँदा बर्षौ सम्म अलपत्र पर्ने अवस्था आउन नदिन आग्रह गर्नुभयो । दराक तिलहार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पञ्चकोशी प्राबि चित्रेकी प्रअ शुसिलादेवी गुरुङ्ग र सञ्चालन समितिका सचिब बाबुराम पराजुलीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)