शैक्षिक सामग्री हस्तान्तरण
admin     8 months ago     111
शैक्षिक सामग्री हस्तान्तरण

पर्वत, १४ पुस -

प्लान इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालद्धारा सञ्चालित समावेशि शिक्षा प्रर्बद्धन परियोजना अन्र्तगत परियोजना लागु भएका स्रोत कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 

कुश्मा नगरपालिका ६ स्थित शिवालय मा बि कुश्मा, कु न पा २ स्थित सुर्योदय आधारभुत बिद्यालय खुर्कोट र महाशिला गाँउपालिकाको श्री गोल्याङ्गधाम नि मा बि होश्राङ्गदी  मा बाल कक्षाका बिद्यार्थीका लागि सहयोग हुने गरि ३ सेट बाल कक्षा सामाग्री प्याकेज र लो बेड र चकटी इन्प्रेड नेपालद्धारा बितरण गरिएको छ । उक्त सहयोग सामाग्रीबाट बालकक्षाका बिद्यार्थिहरुको सिकाई उपलब्धिमा थप टेवा पुग्ने आशा गरिएको कुरा इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुक प्रसाद शर्माले जानकारि दिए । 

     साथै सोहि परियोजना अन्र्तगत परियोजना लागु भएका ३ वटा श्रोत बिद्यालयमा अपाङ्गता भएका बिद्यार्थिहरुका लागि जाडो यामका लागि ट्रयाक सुट, स्विटर र जुत्ता मोजा    बितरण गरिएको थियो ।


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )