Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

6 years ago

2124




समाज सेवामा उज्वलवहादुर गुरुङको लगाव
समाज सेवामा उज्वलवहादुर गुरुङको लगाव

साजन परियार – कुश्मा, पर्वत   आफ्नो लाभ वा स्वार्थभन्दा माथि उठेर समाज, राष्ट्र सम्पूर्ण मानवताका लागि उपयोगी कार्यमा आफूलाई समर्पित गर्ने समाजसेवीहरू कमै भेटिन्छन् निस्वार्थ सामाजिक काम लाग्नेहरुको सानो सुचिमा पर्ने व्याक्ति मध्येमा पर्छन उज्वलबहादुर गुरुङ

स्वार्थ, लोभ बर्बरतातर्फ उन्मुख वर्तमान समयमा समाजसेवाको आफ्नै महत्व महिमालाई आत्मासाथ गर्दै आएका गुरुङ पर्वतको महाशिला गाउँपालिका होश्राङ्दीमा जन्मिएर हाल लण्डनमा बसोबास गर्दै आएका छन् बिदेश गएपछि देशलाई विर्सनेहरु माझ उनी भने बिदेश भएपनि देशकै सपना देख्छन् यहिँको माटो सम्झिरहन्छन् समाजसेवामा समर्पित भइरहन्छन्


सुख दुःखमा गाउँलेको सारथी बनेका उनै गुरुङलाई हामीले आज प्रस्तुत गर्ने जमर्को गरेका छौँ   उनी एक सामजिक अभियान्ता हुन् समाजका हरेक विकास निर्माण देखी हरेक नेपालीको सुखदुःखमा उनको नाम जोडिन्छ

उनी पेशाले ब्रिटिस आर्मी हुन् उनी वि।स २०४१ सालमा भर्ती भएका थिए बाध्यता वा परिस्थितीले उनी देश भन्दा बाहिर रहेपनि गाउँका हरेका सुखदुःखमा साथ सहयोग गर्दै आएका छन् दिनदुखी असहायहरुको सहयोग गर्न उनी कहिल्यै पछि पर्दैनन् आफु जन्मिएको ठाउँ आफुलाई जन्मदिने बाबुआमा सरह प्यारो हुन्छ उनी भन्छन्यो जीवन अरुको लागि होइन, भने यो जीवन नै होईन हरेक मानिसले आफ्नो जन्मभुमीलाई थोरै सहयोग गर्न सकियो भने पुग्छ, त्यसैले आफ्नो जन्मगाउँका मानिस अप्ठ¥यारोमा परेको खवर सुन्न साथ सहयोग गर्न मन लाग्छ


गुरुङले गत बैशाखमा आगलागीबाट आफ्नो घर गोठ गुमाएका ६१ बर्षीय खरिलाल अधिकारीको नयाँ घर बनाईदिएका थिए खरिलालको बैशाख १६ गते गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि उनको पशु चौपायसहित घर गोठ जलेको थियो सामाजिक सञ्जाल मार्फत महाशिला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलाल अधिकारीको घर निर्माण अभियान सञ्चालन गरेका थिए उक्त खवर सुनेपछि तिनै गुरुङको मन दुख्यो   तिन लाख खर्च गरेर घर बनाईदिएका थिए यो एउटा समाजसेवाको उदाहरण मात्रै हो


गुरुंङ्ले आफ्नो दुई भाइलाई पनि ब्रिटिस आर्मी बनाएका छन् कान्छा भाइलाई बिंटिस आर्मी हुंदा कमाएको सम्पुर्ण सम्पति दिएको उहाँ बताउनु हुन्छ गुरुंङ्ले आफ्नो परिवारलाइ हेरे बापत कुनै तिर्थ यात्रा पुण्य गर्नु आवस्यक नपर्ने जिकिर गर्नुहुन्छ त्यति मात्र नभई उनले गांउको बिद्यालयमा मन्दिर  बनाउन गांउमा मोटरबाटो ल्याउनुमा गुरुङको महत्वपूर्ण योगदान थुप्रै सामजिक काम गरेका गुरुङले अर्गाउँदिमा बाबा आमाको नाममा इकाङ्ंमा सासु ससुराको नाममा अक्षयकोष स्थापना गर्नुभएको उक्त अक्षकोषको रकमवाट गरिव, दुखी पछाडी परेका वर्गहरुलाई सहयोग गदै आउनु भएको


                                                                                     उज्वलवहादुर गुरुङद्धारा निर्मित घर 

 गुरुङले तमु पेहेलु संङ्ग युकेलाई पनि सहयोग गदै आउनु भएको लण्डनको व्यस्त जिवन अनि त्यसमा पनि सधै जसो भईरहने पार्टी भेटघाटमा उनीको सहभागिता मात्र होईन पर्वतमा गरिने हरेक कार्यक्रममा उनको महत्वपूर्ण सहयोग रहन्छ धन मन दुवैले सहयोग गर्ने गुरुङ नेपालमा सामाजिक अभियान्ताका रुपमा परिचित बनेका छन् नेपालमा रहेका असहाय एवं दिनदुखीको सेवा गर्न पाउँदा आफुलाई भाग्यमानी ठान्छन् त्यतिमात्र होईन नेपालमा २०७२ साल बैशाख १२ मा गएको बिनाशकारी भुकम्पका बेला पनि उनले निरन्तर सहयोग गरेका थिए संसारको जुनसुकै कुनामा रहेपनि नेपाल नेपाली दुःख परेको सुनेपछि मरिमेटेर सहयोग गर्र्ने गुरुङले नेपालमा गएको बाढिपहिरो,आगालागी जस्ता घटनाका समाचार सुन्दा निकै दुःख लाग्ने सुनाउँछन् आफु लण्डनमा भएपनि आफु बाँचुन्जेल नेपाल नेपालीहरुको हरेक सुखदुःखमा सहयोग गर्ने बाचा गर्छन्


जिवनमा आफुले धेरै संघर्ष गरेर यहाँसम्म आएको बताउने गुरुङको जिन्दगीको कथा बैग्लै उनी भन्छन्,‘ घरको जेठो छोरा हुँ, मेरा दुईवटी आमा हुनुहुन्थ्यो महाशिलाको भोक्सिङमा अवस्थित महेन्द्रोदय मा।विमा पढेको हुँ गाउँमा दुःख गरेर हुर्केको मान्छे हुँ  मेरो भाग्य कर्मले गर्दा ब्रिटिस आर्मीमा भर्ती भई अहिले यो अवस्थामा आएर सबैलाई सहयोग गर्नु पाउदा साह्रै खुशि लागेको छु आफु निरन्तर समाजिक सेवामा लाग्र्ने तर्क गदै समाज सेवामा लाग्ने मानिस अन्य मानिसको अप्ठ्याराहरुको सारथी बन्नुपर्ने उनले तर्क


सम्बन्धित समाचार (जिल्ला )