रक्त क्यान्सर बाट पीडितलाई सहयोग
admin     8 months ago     416
रक्त क्यान्सर बाट पीडितलाई सहयोग

रोशन तिवारी

पुष १२ पर्वत -

रक्त क्यान्सर बाट पीडित कुस्मा नगरपालिका वाड नं ९ कटुवाचौपारी निवासी रामशर्मा पराजुलीलाई आर्थिक सहयोग गरिएको छ । कुश्मानगरपालिकाका मेयर रामचन्द्र जोशी, उपमेयर सीता काफ्ले लामिछाने र वडाध्यक्षहरुको तर्फवाट पीडित पराजुलीलाई रु ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । 

वुधवार कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उक्त सहयोगको चेक पराजुलीका आफन्तलाई हस्तान्तरण गरेका छन् । माओबादी जनयुद्धका घाईते पराजुली २०७४ असोज १ गते देखी भरतपुर क्यान्सर हस्पिटलमा क्यान्सरको उपचारमा रहेका छन् । शरिरमा लागेका गोली समेत आर्थिक अभावकै कारण निकाल्न नपाएका पराजुलीलाई अहिले रक्त क्यान्सर भएपछि परिवारलाई थप समस्या भएको छ । राम शर्मा पराजुली वचाउ अभियान सञ्चालन गरेर आफन्तहरुले उनको उपचार गराईरहेका छन् । 


जनयुद्धमा ज्यानको वाजी राखेर युद्ध लडेका पराजुलीलाई पार्टिले समेत उपयुक्त सहयोग गरेको छैन । आफन्त र शुभचिन्तकको सहयोगले उनको उपचार भैरहेको छ । रक्त क्यान्सरले जीवनमरणको दोसाँधमा रहेका पराजुलीलाई वचाउन उनकी श्रीमती तारादेवी पराजुलीले सबैलाई आव्हान गरेकी छिन् । आर्थिक रुपमा निकै कमजोर रहेको पराजुली परिवार अहिले सबै संग सहयोगको अपेक्षा गर्दै सहयोग संकलनमा हिँडिरहेको छ । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )